आइतबार, फागुन २३ २०७७ | Sun, March 07, 2021
नेपालको समय: १४:५६ | UK Time: 09:11

सभापति देउवासँग राजदूत र विदेशी कुटनीतिज्ञहरुको भेट

वीनेपाली
२०७२ चैत २ गते १४:१५

1457424214399_Pro_Ktm_ Sher bdr dauba bijaya (5)

काठमाडौँ, २ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भारतका विदेश सचिव एस जयशङ्कर, नेपालका लागि जर्मनी राजदूत माथियल मायिर र संयुक्त राष्ट्रसङ्घका राजनीतिक प्रमुख मार्थिन हाल्फले आज बुढानिलकण्ठस्थित निवासमा भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा उहाँहरुले सभापति देउवालाई पार्टीको तेह्रौँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गर्नुभएको पार्टी मुख्यसचिव ऋषिकेश तिवारीले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक