
काठमाडौँ, २ चैत । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको समयमा तातोपानी नाका खोल्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार श्रेष्ठको प्रतिनिधित्वमा प्रधानमन्त्री निवास बालुवाटार गएको टोलीले चीनसँग जोड्ने एकमात्र प्रमुख नाका बन्द हुँदा देश र स्थानीयवासीलाई ठूलो मर्का परेको भन्दै नाका खोल्न प्रधानमन्त्रीले भ्रमणमा पहल गर्न आग्रह गरेका हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणमा नेपाल र चीनको थप सम्बन्ध स्थापित गर्नुका साथै अधिकांश नाका खोल्ने विषयमा छलफल हुने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले तातोपानी नाका बन्द हुँदा नेपालको आर्थिक विकासमा ठूलो घाटा परेको भन्दै यसलाई आफूले गम्भीर रुपमा लिएको बताउनुभयो ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट तातोपानीलगायत व्यापारिक नाका बन्द भएका थिए ।
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त