काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीका लागि नेपालका विद्यमान कानुन बाधक भए त्यसलाई संशोधन गर्न नेपाल सरकार तयार रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको सहयोगमा सार्क चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री(सार्क सिसिआई)को आयोजनामा आज यहाँ भएको सार्क उद्योग वाणिज्य परिसङ्घको नेतृत्व हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘नेपालको संविधान’ जारी भएपछि नेपालमा लागानीका लागि उपयुक्त वातावरण सिर्जना भएको बताउनुभयो । सार्क सिसिआईका अध्यक्ष इस्माइल असिफबाट नेपालका सार्क सिसिआईका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यलाई अध्यक्ष पद हस्तान्तरण भएको हो ।
दक्षिण एसियामा विद्यमान अपार विकासका सम्भावनालाई सदस्य राष्ट्रले मिलेर फलदायी बनाउनुपर्नेमा जोड दिँदै उहाँले गत केही दशकमा दक्षिण एसियाली क्षेत्र विकासको दृष्टिले पछि धकेलिएको भए पनि आगामी केही दशकभित्र विकसित क्षेत्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा उपप्रधानमन्त्री कमल थापाले नेपालको हालै जारी संविधानले विश्वव्यापी प्रजातान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गरेको बताउनुभयो । उहाँले दक्षिण एसियाको व्यापार क्षेत्रमा देखिएको अवरोध हटाउने मुख्य उपाय आपसी सहकार्य नै भएको स्पष्ट गर्नुभयो ।
सार्क सदस्य राष्ट्रबीच व्यापार लगानी प्रवद्र्धन गर्न सन् १९९३मा सार्क सिसिआईको स्थापना भएको हो ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग