
भोलिदेखि चैत ४ गतेसम्म पोखरामा हुने सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठकको तयारीस्वरूप आइतबार सवारीको पूर्वअभ्यास गरिँदै । पोखरा विमानस्थलदेखि परराष्ट्रमन्त्रीहरूको बैठकस्थल पोखरा ग्रान्ड होटलसम्म सो अभ्यास गरिएको हो । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस
पोखरा, ३० फागुन । भोलिदेखि चैत ४ गतेसम्म पोखरामा हुने सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठकको तयारीस्वरुप आज सवारीको पूर्वअभ्यास गरिएको छ ।
पोखरा विमानस्थलदेखि परराष्ट्रमन्त्रीहरूको बैठकस्थल पोखरा ग्रान्ड होटलसम्म सो अभ्यास गरिएको हो ।
उक्त पूर्वअभ्यासमा मूल सहयोग समितिका संयोजक एवम् क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, क्षेत्रीय सुरक्षा समिति एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायतको उपस्थिति थियो ।
पोखरा विमानस्थलमा सञ्चारकर्मीहरूको जिज्ञासामा क्षेत्रीय प्रशासक कोइरालाले बैठकका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिनुभयो ।
पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले बैठकका लागि सम्पूर्ण सुरक्षा व्यवस्था गरिएको बताउनुभयो ।
जिल्ला सुरक्षा समितिका संयोजक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले प्रभावकारी सुरक्षा व्यवस्थाका लागि एकीकृत सुरक्षा योजनाअन्तर्गत सबै व्यवस्थापन गरिसकिएको जानकारी दिनुभयो ।
उहाँले बैठकबाहेक विशिष्ट पाहुनाले पर्यटकीयस्थल पोखराको अवलोकन गर्न चाहेमा पनि सुरक्षा व्यवस्था तयारी रुपमा राखिएको बताउनुभयो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता