
भोलिदेखि चैत ४ गतेसम्म पोखरामा हुने सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठकको तयारीस्वरूप आइतबार सवारीको पूर्वअभ्यास गरिँदै । पोखरा विमानस्थलदेखि परराष्ट्रमन्त्रीहरूको बैठकस्थल पोखरा ग्रान्ड होटलसम्म सो अभ्यास गरिएको हो । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस
पोखरा, ३० फागुन । भोलिदेखि चैत ४ गतेसम्म पोखरामा हुने सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठकको तयारीस्वरुप आज सवारीको पूर्वअभ्यास गरिएको छ ।
पोखरा विमानस्थलदेखि परराष्ट्रमन्त्रीहरूको बैठकस्थल पोखरा ग्रान्ड होटलसम्म सो अभ्यास गरिएको हो ।
उक्त पूर्वअभ्यासमा मूल सहयोग समितिका संयोजक एवम् क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, क्षेत्रीय सुरक्षा समिति एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायतको उपस्थिति थियो ।
पोखरा विमानस्थलमा सञ्चारकर्मीहरूको जिज्ञासामा क्षेत्रीय प्रशासक कोइरालाले बैठकका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिनुभयो ।
पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले बैठकका लागि सम्पूर्ण सुरक्षा व्यवस्था गरिएको बताउनुभयो ।
जिल्ला सुरक्षा समितिका संयोजक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले प्रभावकारी सुरक्षा व्यवस्थाका लागि एकीकृत सुरक्षा योजनाअन्तर्गत सबै व्यवस्थापन गरिसकिएको जानकारी दिनुभयो ।
उहाँले बैठकबाहेक विशिष्ट पाहुनाले पर्यटकीयस्थल पोखराको अवलोकन गर्न चाहेमा पनि सुरक्षा व्यवस्था तयारी रुपमा राखिएको बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा