काठमाडौँ, ३० फागुन । भारतको नयाँ दिल्लीमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु आज त्यसतर्फ गएका छन् ।
नेपाल–भारत महिला मैत्री समाजको एक गोष्ठीमा सहभागी हुन मोर्चाका नेताहरु दिल्ली गएका हुन् ।
सोही कार्यक्रममा सहभागी हुन नेपाली काँग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु पनि दिल्ली गएको मोर्चाको एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का नेता सर्वेन्द्रनाथ शुक्लले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार भारतमा रहँदा मोर्चाका नेताहरुको भारतीय उच्च अधिकारीसँग विशेष भेटवार्ता हुनसक्छ र त्यसका लागि प्रयास भइरहेको छ । उहाँले भन्नुभयो – “समाजको मुख्य कार्यक्रम भोलि हो, आज छलफल मात्र हुन्छ । उक्त कार्यक्रममा भारतीय नेताहरु पनि सहभागी हुने भएकाले स्वाभाविक रुपमा मोर्चाका नेताहरुले कुराकानी गर्नुहुनेछ । विशिष्ट भेटवार्ताका लागि प्रयास भइरहेको छ, अहिले टुङ्गो लागिसकेको छैन ।”
तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीलगायतका नेताहरु भारत जानुभएको हो । सद्भावनाका अध्यक्ष राजेन्द्र महतो भने पार्टीको काममा व्यस्त रहनुभएकाले दिल्ली जानुभएको छैन । रौतहटको गौरमा पूर्वघोषित कार्यक्रम परेकाले महतो दिल्ली नजानुभएको सद्भावनाका नेता मनिष सुमनले जानकारी दिनुभयो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत