काठमाडौँ, ३० फागुन । भारतको नयाँ दिल्लीमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु आज त्यसतर्फ गएका छन् ।
नेपाल–भारत महिला मैत्री समाजको एक गोष्ठीमा सहभागी हुन मोर्चाका नेताहरु दिल्ली गएका हुन् ।
सोही कार्यक्रममा सहभागी हुन नेपाली काँग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु पनि दिल्ली गएको मोर्चाको एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का नेता सर्वेन्द्रनाथ शुक्लले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार भारतमा रहँदा मोर्चाका नेताहरुको भारतीय उच्च अधिकारीसँग विशेष भेटवार्ता हुनसक्छ र त्यसका लागि प्रयास भइरहेको छ । उहाँले भन्नुभयो – “समाजको मुख्य कार्यक्रम भोलि हो, आज छलफल मात्र हुन्छ । उक्त कार्यक्रममा भारतीय नेताहरु पनि सहभागी हुने भएकाले स्वाभाविक रुपमा मोर्चाका नेताहरुले कुराकानी गर्नुहुनेछ । विशिष्ट भेटवार्ताका लागि प्रयास भइरहेको छ, अहिले टुङ्गो लागिसकेको छैन ।”
तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीलगायतका नेताहरु भारत जानुभएको हो । सद्भावनाका अध्यक्ष राजेन्द्र महतो भने पार्टीको काममा व्यस्त रहनुभएकाले दिल्ली जानुभएको छैन । रौतहटको गौरमा पूर्वघोषित कार्यक्रम परेकाले महतो दिल्ली नजानुभएको सद्भावनाका नेता मनिष सुमनले जानकारी दिनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा