
काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज मोर्चाको ७ बँुदे ध्यानाकर्षण पत्र बुझ्दै उहाँले मोर्चाका मागबारे साँझ पुनःसरोकारवाला मन्त्रीसहित छलफल गर्ने बताउनुभयो ।
मोर्चामा आवद्ध दलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, मनिस सुमनलगायतका नेताको टोलीले आफ्ना मागबारे प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएको हो ।
मोर्चाका नेताले आन्दोलनका क्रममा घाइतेले अझै उपचार खर्च नपाएको र मुद्दा फिर्ता नभएको बताएपछि प्रधानमन्त्रीले तत्काल उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आफ्नो सचिवालयमार्फत निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले विद्यमान समस्या मधेसको मात्र नभएर सिङ्गो मुलुकको भएकाले मिलेर समाधान खोज्न मोर्चाका नेतालाई आग्रह गर्नुभएको थियो । उहाँले समस्याको समाधान गर्नेतर्फ र जनताले न्याय पाउने गरी अघि बढ्न पनि आग्रह गर्नुभयो ।
मोर्चाले माग गरेको न्यायिक आयोग गठनका सम्बन्धमा प्रधानमन्त्रीले न्यायिक आयोग गठन गर्ने कि राजनीतिक आयोग गठन गरेर समाधान खोज्नेबारे आजै छलफल गरी निष्कर्षमा पुग्ने भनी राख्नुभएको प्रस्ताव मोर्चाका नेताले स्वीकार गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मोर्चाले संविधानको पुनर्लेखन, सहिद घोषणा, घाइतेको उपचार, निष्पक्ष न्यायिक छानबिन आयोग मुद्दा फिर्ता तथा रिहाइ, भूकम्प प्रभावितलाई सहयोग र पुर्नःनिर्माण, कालाबजारी अन्त्य र आन्दोलन अवधिभरको कर मिनाहा गर्नुपर्ने माग गरेको छ ।
मोर्चाको एक घटक सद्भावना पार्टीका नेता मनिस सुमनले ७ बुँदे मागका सम्बन्धमा प्रधानमन्त्रीले गम्भीरता जनाउँदै मागका सम्बन्धमा साँझ ६ः३० बजे सम्बन्धित मन्त्रीसहित छलफल गरी समाधान खोज्ने आश्वासन दिनुभएको जानकारी दिनुभयो ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित