
पोखरा, २८ फागुन । आगामी चैत १ गतेदेखि ४ गते (मार्च १४–१७)सम्म पोखरामा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) परराष्ट्र मन्त्रीस्तरीय बैठकको तयारी सम्बन्धमा नायब शिष्टाचार माहापाल राजाराम वर्तौलाले आज पोखरामा भइरहेको तयारीबारे सम्बन्धित निकायसँग छलफल गर्नुभएको छ ।
बैठकको पूर्व तयारीका सन्दर्भमा बिहीबार पोखरा आउनुभएका वर्तौलाले आज स्थानीयरुपमा भइरहेको तयारीका सम्बन्धमा मूल व्यवस्थापन सहयोग समितिका संयोजक क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालासहित सुरक्षासम्बद्ध पदाधिकारी लगायतसँग छलफल गर्नुभएको हो ।
रासससँगको कुराकानीमा वर्तौलाले बैठकको तयारी लगभग अन्तिमचरणमा पुगिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार मार्च १७मा सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक हुनेछ भने त्यसअघि मार्च १६मा स्थायी समितिको बैठक हुनेछ ।
कार्यक्रम समितिको बैठक मार्च १४ र १५ तारिकमा हुने भएकाले मार्च १३मा कार्यक्रम समितिको बैठकका लागि पाहुना पोखरा आइसक्ने वर्तौलाले जानकारी दिनुभयो ।
त्यस्तै मार्च १६मा हुने स्थायी समितिको बैठकका लागि मार्च १४ र १५ मा सार्क स्थायी समितिका सदस्य पोखरा आइसक्ने र मार्च १७मा हुने परराष्ट्र मन्त्रीहरूको बैठकका लागि सदस्य राष्ट्रका परराष्ट्र मन्त्री मार्च १६ मा पोखरा आइसक्ने उहाँले बताउनुभयो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता