
काठमाडौँ, २७ फागुन । ‘दश वर्षमा दश हजार मेगावाट’ विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित सरकारले ऊर्जा क्षेत्रमा लगानी गरिरहेका अन्तर्राष्ट्रिय दातृ निकायको सम्मेलन गर्ने तयारी गरेको छ ।
सम्मेलनको मिति तय नभए पनि मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सहयोग पुरयाउने लक्ष्यका साथ सरकारले आवश्यक तयारी गरेको हो । नेपालको जलविद्युत् क्षेत्रमा हाल विश्व बैंक, एसियाली विकास बैंक, जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग, जर्मन सहयोग नियोग, कुवेती कोष, साउदी कोष, युरोपेली बैंकलगायतले सहयोग गर्दै आएका छन् ।
ऊर्जा क्षेत्रको विकासका लागि भन्दै सरकारले यही फागुनको पहिलो साता ऊर्जा सङ्कट निवारणकाल घोषणा गरेको थियो । हाल उक्त घोषणालाई नीतिगत र व्यावहारिक रुपमा अगाडि बढाउन विभिन्न चरणमा काम सुरु गरिएको छ ।
प्रसारण लाइन निर्माण, विद्युत् खरिद सम्झौता, विद्युत् ऐन तथा नियमन आयोग गठनसम्बन्धी ऐन, विद्युत् चोरी नियन्त्रण तथा नियमन ऐनको तयारीमा रहेको ऊर्जा मन्त्रालयले पछिल्लो पटक दाता सम्मेलनको समेत तयारी गरेको छ ।
ऊर्जा मन्त्रालयका प्रवक्ता डा सञ्जय शर्माका अनुसार सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रको पछिल्लो अवस्था र लगानीका क्षेत्र तथा अवसरका बारेमा जानकारी गराइनेछ । संविधानसभाबाट संविधान जारी भइसकेको र मुलुक क्रमशः स्थिरताको बाटोमा लागिरहेको अवस्थामा द्रुततर रुपमा ऊर्जा क्षेत्रको विकासमा लाग्ने सरकारले प्रतिबद्धता जनाएको छ ।
भारतको अघोषित नाकाबन्दीपछि ऊर्जा क्षेत्रको विकास र विस्तार मुलुकका लागि अपरिहार्य बन्दै गएको छ । नदी प्रवाहमा आधारितभन्दा पनि जलाशयुक्त र बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यसहित सरकारले ऊर्जा सङ्कटकाल घोषणा गरिसकेको सन्दर्भमा दातृ निकायको सम्मेलनले त्यसमा थप बल पुरयाउने ऊर्जा मन्त्रालयको भनाइ छ ।
“दातृ निकायबीच द्विपक्षीय रुपमा छलफल र संवाद होओस् भन्ने चासोका साथ सामान्य तयारी गरिएको छ, केही दिनभित्रै हामी मिति तय गर्छौं”, प्रवक्ता डा शर्माले भन्नुभयो । गत वैशाखमा गएको भूकम्पपछि सरकारले पुनः निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । सो सम्मेलनमा दातृ निकायले पुनः निर्माणमा सहयोग गर्ने वचन दिएका थिए । पुनः निर्माण प्राधिकरणमा भएको ढिलाइसँगै केही निराशा पैदा भए पनि पछिल्लो दिनमा प्राधिकरणले काम सुरु गरेपछि सम्पूर्ण अन्योलता हटेको छ ।
ऊर्जा क्षेत्रको विकास गर्ने र विश्वासिलो वातावरण बनाउने लक्ष्यका साथ सम्मेलनको तयारी भइरहेको मन्त्रालयको दाबी छ । कुन कुन आयोजना र कुन क्षेत्रमा कसरी सहयोग लिने भन्ने विषयमा प्रस्ट धारणाका लागि दाता सम्मेलनको तयारी गरिएको बताइएको छ । मन्त्रालयले सम्भवतः दुई सातापछि उक्त सम्मेलनको आयोजना गर्ने गरी तयारी सुरु गरेको छ ।
दाता सम्मेलनको लक्ष्य र अपेक्षाका बारेमा छलफलपछि नै तय हुने उल्लेख गर्दै प्रवक्ता शर्माले ऊर्जा सङ्कट निवारणकालले निदृष्ट गरेका लक्ष्य र चाहनालाई पूरा गराउन स्वदेशी तथा विदेशी निकायसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताउनुभयो । सरकारले विशेषगरी जलाशययुक्त आयोजना नै ऊर्जा सङ्कट निवारण गर्ने प्रमुख आधारका रुपमा चित्रण गरिरहेको सन्दर्भमा दाता सम्मेलनले सोही दिशालाई आत्मसात् गर्न सहयोग पुरयाउने विश्वास लिइएको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउनका लागि सहुलियत दरमा ऋण सहयोग उपलब्ध गराइदिन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आग्रह गरिने भएको छ । सो सम्बन्धी तयारी भइरहेको छ ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने