काठमाडौँ, २७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रिचर्ड मोरिसले आज अपराह्न राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा उहाँहरुबीच आगामी चैतमा हुने संयुक्त अधिराज्यका राजकुमार ह्यारीको भ्रमणका साथै दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका अनुसार नेपाल र संयुक्त अधिराज्यबीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउँदै जानुपर्ने विषयमा पनि उहाँहरुबीच विचार–विमर्श भएको थियो ।
भेटमा दुवै देशका उच्च सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता