
नेपाली काँग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदै । तस्बिर ः भीष्म ओझा, रासस
काठमाडौँ, २६ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणनामा नेता खुमबहादुर खड्काले अग्रता लिनुभएको छ भने मतगणना बिहीबार बिहानसम्मका लागि स्थगित भएको छ ।
काँग्रेस पार्टी केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा १५० मत गणना गर्दा खड्काले ९४ मत ल्याउनुभएको छ भने दोस्रोमा प्रकाशमान सिंहले ९० मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य जगनाथ श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार तेस्रोमा डा शेखर कोइरालाले ८९, विमलेन्द्र निधिले ८८, प्रदीप गिरीले ८७, प्रदीप पौडेलले ८७, महेश आचार्यले ८७, बालकृष्ण खाँणले ८६, कुलबहादुर गुरुङले ८५, पूर्णबहादुर खड्काले ८४, रमेश लेखकले ७९, शङ्कर भण्डारीले ७८, सुजाता कोइरालाले ७८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, केन्द्रीय सदस्यमा डा प्रकाशशरण महत ७७, डा मीनेन्द्र रिजाल ७७, गोपालमान श्रेष्ठ ७६, डा नारायण खड्का ७५, डा रामशरण महत ७४, विश्वप्रकाश शर्मा ७४, बलबहादुर केसी ७३, ज्ञानेन्द्रबहादुर कार्की ७३, एनपी साउद ७३, चन्द्र भण्डारी ७१, धनराज गुरुङ ७०, उदयशमशेर राणाले ६८ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचनमा खुला २५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गर्नुभएको थियो । निर्वाचन समितिका सदस्य श्रेष्ठका अनुसार खुलातर्फको मतगणना बिहीबार बिहानबाट सुरु हुनेछ ।
महाधिवेशनबाट पार्टीका सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा डा शशाङ्क कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी भइसक्नुभएको छ ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता