काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली आदिवासी शेर्पाको चाड ग्याल्पो ल्होसार–२०७२ का अवसरमा यस समुदायका सबैप्रति सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज एक शुभकामना सन्देश दिँदै यो पर्वले सम्पूर्ण शेर्पा समुदायमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र शेर्पा समुदाय र अन्य समुदायका नेपालीबीच एकआपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुरयाओस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।
सन्देशमा भनिएको छ – “चाडपर्वले सम्बन्धित समुदायमा नयाँ उमङ्ग, हौसला र उत्साह प्रदान गर्दछन् । विभिन्न समुदायको धार्मिक र सांस्कृतिक पर्वले आपसमा भाइचारा स्थापित मात्र गर्दैनन्, सबै धर्म, जातजाति, भाषा र संस्कृति मान्ने समुदायलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान गर्न, संरक्षण र सम्वद्र्धन गर्न पनि अभिप्रेरित गर्दछन् ।”
त्यस्तै, नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै उहाँले सन्देशमा भन्नुभएको छ – अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान देशको साझा पहिचान हो । प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेको मौलिक परम्परा छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार