
काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट स्वकीय सचिव ईन्द्रप्रसाद भण्डारीले पूर्वराष्ट्रपति डा रामवरण यादवलाई आज भेटी उहाँको आवास व्यवस्थापनलगायतका समस्याबारे जानकारी लिनुभएको छ ।
त्यसक्रममा पूर्वराष्ट्रपति डा यादवले बिजुली, खानेपानी, पर्खाल, सुरक्षाकर्मीको आवासलगायतका समस्याबारे स्वकीय सचिव भण्डारीमार्फत प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । ललितपुरस्थित सरकारले भाडामा व्यवस्था गरेको डा यादवको घरको समयमा घरभाडा नतिरिएकोलगायतका समस्याबारे समाचार प्रकाशनमा आएको थियो ।
पूर्वराष्ट्रपतिले राख्नुभएको समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराइएको र तत्काल समस्या समाधान गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता