
काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट स्वकीय सचिव ईन्द्रप्रसाद भण्डारीले पूर्वराष्ट्रपति डा रामवरण यादवलाई आज भेटी उहाँको आवास व्यवस्थापनलगायतका समस्याबारे जानकारी लिनुभएको छ ।
त्यसक्रममा पूर्वराष्ट्रपति डा यादवले बिजुली, खानेपानी, पर्खाल, सुरक्षाकर्मीको आवासलगायतका समस्याबारे स्वकीय सचिव भण्डारीमार्फत प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । ललितपुरस्थित सरकारले भाडामा व्यवस्था गरेको डा यादवको घरको समयमा घरभाडा नतिरिएकोलगायतका समस्याबारे समाचार प्रकाशनमा आएको थियो ।
पूर्वराष्ट्रपतिले राख्नुभएको समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराइएको र तत्काल समस्या समाधान गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने