
नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा सभापति पदमा कुनै पनि उम्मेदवार निर्वाचित नभएपछि सोमबार दोस्रो पटक मतदान केन्द्रमा मतदाताहरुसमक्ष कावा सभापति रामचन्द्र पौडेल । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ ।
सभापति पदका लागि आइतबार सम्पन्न भएको निर्वाचनमा कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज अपराह्न २ः४५ बजेदेखि दोस्रो चरणको निर्वाचन सुरु भएको थियो ।
पहिलो चरणको निर्वाचनमा बढी मत ल्याउने सभापतिका उम्मेदवार शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच दोस्रो चरणको निर्वाचन भएको थियो ।
काँग्रेसको महाधिवेशनमा तीन हजार १६१ मतदाता रहेकामा दोस्रो चरणको निर्वाचनमा तीन हजार १२० मतदाताले मतदान गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
पहिलो निर्वाचनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवाले एक हजार ५६४ र रामचन्द्र पौडेलले एक हजार १६० मत प्राप्त गर्नुभएको थियो । अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गर्नुभएको थियो ।
निर्वाचनको मत गणना भने पाँच ठाउँमा बाँडेर केही बेरपछि राष्ट्रिय सभागृहमा गरिने निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता