
नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा सभापति पदमा कुनै पनि उम्मेदवार निर्वाचित नभएपछि सोमबार दोस्रो पटक मतदान केन्द्रमा मतदाताहरुसमक्ष कावा सभापति रामचन्द्र पौडेल । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ ।
सभापति पदका लागि आइतबार सम्पन्न भएको निर्वाचनमा कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज अपराह्न २ः४५ बजेदेखि दोस्रो चरणको निर्वाचन सुरु भएको थियो ।
पहिलो चरणको निर्वाचनमा बढी मत ल्याउने सभापतिका उम्मेदवार शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच दोस्रो चरणको निर्वाचन भएको थियो ।
काँग्रेसको महाधिवेशनमा तीन हजार १६१ मतदाता रहेकामा दोस्रो चरणको निर्वाचनमा तीन हजार १२० मतदाताले मतदान गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
पहिलो निर्वाचनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवाले एक हजार ५६४ र रामचन्द्र पौडेलले एक हजार १६० मत प्राप्त गर्नुभएको थियो । अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गर्नुभएको थियो ।
निर्वाचनको मत गणना भने पाँच ठाउँमा बाँडेर केही बेरपछि राष्ट्रिय सभागृहमा गरिने निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा