पार्टीलाई एकताबद्ध बनाउन पहल कदमी लिन्छु ः सिटौला

20092015095910Krishna_Prasad_Sitaula_17-c-600x0

काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसका महामन्त्री एवम् १३ औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी कृष्णप्रसाद सिटौलाले पार्टीलाई गुट उपगुटमा विभाजित हुनबाट मुक्त गरी एकताबद्ध बनाउन पहल कदमी लिने बताउनुभएको छ ।

नेता सिटौलाले आज एक विज्ञप्ति प्रकाशित गरी पार्टीको बृहत्तर एकताका निम्ति अग्रसर हुन कार्यकर्तालाई आह्वान गर्नुभएको छ । “दोस्रो चरणको मतदानमा प्रवेश गर्नुअघि हिजो व्यक्त मतको समेत सम्मान गर्दै पार्टीभित्र सबैको भावना समेट्ने अवस्था सुनिश्चित गर्न सकियो र मतदान गर्ने अवस्था आएन भने महाधिवेशनबाट सकारात्मक सन्देश प्रवाह हुन सक्छ भन्ने मेरो विश्वास छ”–सिटौलाले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ ।

आइतबारको मतदानमा सभापति पदका तीन जना उम्मेद्वारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नपाएपछि निर्वाचन समितिले आज अपराह्न २ बजे पुनः मतदानको समय तालिका प्रकाशन गरेको सन्दर्भमा उहाँको वक्तव्य आएको हो । काँग्रेसको विधानअनुसार दोस्रो चरणको मतदानमा सभापति पदका प्रत्यासी सिटौला सहभागी हुन पाउनुहुन्न ।

महाधिवेशनबाट फर्कदा एकताबद्ध काँग्रेस लिएर जानुपर्ने र त्यस्तो काँग्रेसले मात्र वर्तमान चुनौती साममना गर्न सक्ने उहाँको वक्तव्यमा उल्लेख भए पनि दोस्रो चरणमा प्रतिष्पर्धा गर्नुहुने कावा सभापति रामचन्द्र पौडेल वा वरिष्ठ नेता शेरबहादुर देउवामध्ये कसलाई समर्थन गर्ने भन्ने विषय खुलाइएको छैन । पहिलो चरणमा आफूलाई सहयोग गर्ने सबैलाई नेता सिटौलाले धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री