
नेपालको संविधान उत्कृष्ट ः भारतका प्रधानन्यायाधीश
काठमाडौँ, २३ फागुन । पाँच महिनाअघि जननिर्वाचित संविधानसभाले जारी गरेको नेपालको संविधानलाई भारतका प्रधानन्यायाधीश टि एस ठाकुरले उत्कृष्ट दस्तावेजको सङ्ज्ञा दिनुभएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १३औँ सम्मेलन र सार्क राष्ट्रका प्रधानन्यायाधीशहरूको १०औँ सम्मेलनमा आज साँझ यहाँ समापन मन्तव्य व्यक्त गर्दै उहाँले सार्वजनिक रुपमा त्यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘‘शान्ति, स्वतन्त्रता, सामाजिक न्याय, स्वतन्त्र न्यायपालिकालगायत नेपाली जनताका भावना र चाहना समेटिएको नेपालको संविधान ज्यादै प्रेरणाप्रद छ’’ भन्नुभयो ।
लोकतन्त्र, धर्म निरपेक्षता, समानता, न्यायपालिकाको स्वतन्त्रताजस्ता विषयलाई छाडेर अन्य मुद्दामा संविधान संशोधन गर्न सकिने भारतको अनुभव सुनाउँदै उहाँले नेपाली जनताको इच्छानुसारको संविधान जारी हुनु ठूलो उपलब्धि भएको बताउनुभयो ।
“भारतमा संविधान जारी भएको ६६ वर्ष भइसक्यो र त्यसमा १०० पटक संशोधन भइसकेको छ,”– संविधान अपरिवर्तनीय दस्तावेज नभएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले भन्नुभयो ।
बङ्गलादेशका प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हाले पनि नेपालको संविधानलाई उत्कृष्ट भन्दै त्यसको स्वागत गर्नुभयो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई