काठमाडौँ, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका प्रधानन्यायाधीश, न्यायाधीश एवम् कानुन व्यवसायीहरूको १३ औँ सम्मेलन तथा सार्क राष्ट्रका प्रधानन्यायाधीशहरूको १० औँ सम्मेलनको आज यहाँ आयोजित विशेष समारोहमा उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा उहाँले सार्क देशका कानुन व्यवसायी तथा कानुनका अध्यापकहरूको साझा संस्था सार्क लको स्थापना एवम् सञ्चालनमा विशेष योगदान गर्नुभएका पाकिस्तान, भारत र नेपालका न्यायाधीशहरूको स्मृतिमा बनाइएको स्मृतिपत्र उहाँहरूका परिवारजनलाई प्रदान गर्नुभयो ।
राष्ट्रपति भण्डारीले सार्कलाई वर्तमान अवस्थामा पुरयाउन अतुलनीय योगदान गर्नुभएका पाकिस्तानका पूर्व प्रधानन्यायाधीश नसिम हसन शाह, भारतको सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा उक्त संस्थाका संस्थापक सदस्य उमेशचन्द्र बनर्जी र नेपालको सर्वोच्च अदालतका अस्थायी न्यायाधीश भरतराज उप्रेतीका परिवारलाई स्मृतिपत्र प्रदान गर्नुभएको हो ।
दिवङ्गत न्यायमूर्ति शाह २५ वर्षअघि स्थापना भएको सार्क ल को संरक्षक, श्री बनर्जी संस्थापक सदस्य र न्यायाधीश उप्रेती उक्त संस्थाको महासचिव हुनुहुन्थ्यो ।
राष्ट्रपति भण्डारीको उपस्थितिमा सार्क मुलुकका महिलाको न्यायमा पहलकदमीको घोषणा पनि गरिएको थियो ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनको मूल विषय ‘कानुन, न्याय, सुशासन र विकासका माध्यमबाट सार्कमा सम्बन्ध विस्तार’ रहेको छ ।
सम्मेलनमा माल्दिभ्सबाहेक सार्कका सबै राष्ट्रको सहभागिता छ भने नेपालबाट १५१ जना गरी ३५० जनाभन्दा बढी कानुन व्यवसायी, न्यायाधीश र कानुनका अध्यापकहरुको सहभागिता रहेको छ । सर्वोच्च अदालत र सार्क ल नेपालले संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गरेको हो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]