
काठमाडौँको भृकुटीमण्डपमा नेपाली काँग्रेसको जारी १३ औँ महाधिवेशनको शुक्रबार बन्दसत्र हुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशनको बन्दसत्रमा महामन्त्री, कोषाध्यक्ष र पार्टीको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे सम्पन्न भएको छ । नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा सुरु भएको बन्दसत्र निर्धारित समय भन्दा एकघण्टा ढिलो गरी सुरु भएको थियो ।
काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्रीव्दय प्रकाशमान सिहं र कृष्णप्रसाद सिटौलाले पेस गर्नुभएको पार्टीको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष चित्रलेखा यादवले पेस गर्नुभएको आर्थिक प्रतिवेदन पेस गरी बन्दसत्र सम्पन्न भएको हो ।
बन्दसत्रमा पार्टीको नीति तथा कार्यक्रम पार्टीका केन्द्रीय सदस्य महेश आचार्यले पेस गर्नुभएको थियो । बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि भोलि बिहान ९ बजेदेखि छलफल प्रारम्भ हुने नेपाली काँग्रेस प्रचार विभाग प्रमुख डा.मिनेन्द्र रिजालले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदन बिहान ९ देखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म छलफल जारिरहने बताइएको छ ।
यसैबीच महाधिवेशनको बन्दसत्रले काँग्रेसको विधानमा उल्लेख गरिएको अञ्चलबाट निर्वाचित एकजनाका दरले केन्द्रिय सदस्य निर्वाचित गर्ने प्रावधान संशोधन गरेको छ ।
यस्तै पार्टीको अन्तिम बैठकले बाधा अड्काउ फुकाउ अधिकार प्रयोग गर्दे अञ्चलको सदस्य प्रदेशमा दुईजना रहने निर्णय गरेको थियो ।
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते