
काठमाडौँ, २१ फागुन । मन्त्रिपरिषद्को आज बसेको बैठकले सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठक चैत १ देखि ४ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले सार्कको परराष्ट्रमन्त्रीस्तरीय ३७औँ बैठक पोखरामा हुन लागेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।
बैठकले उक्त सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठकका लागि तीन वटा समितिसमेत गठन गर्ने निर्णय गरेको छ ।
सार्कको परराष्ट्रस्तरीय बैठकका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा नेतृत्वमा समिति, परराष्ट्रसचिव शङ्करदास बैरागीको नेतृत्वमा छ सदस्यीय समिति र परराष्ट्रमन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईको नेतृत्वमा पाँच सदस्यीय कार्यक्रम समिति गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले ऐन निर्माणको विषयमा केही सैद्धान्तिक सहमतिसमेत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ल्याउने महाअभियोग कार्यविधिसम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमति भएको छ ।
साथै, न्याय सेवा आयोगसम्बन्धी विधेयक तर्जुमा गर्ने, न्याय परिषद्सम्बन्धी विधेयक तर्जुमा गर्ने, महान्यायाधीवक्ताको काम, कर्तव्य अधिकार र सेवाका सर्तसम्बन्धी सैद्धान्तिक स्वीकृत दिएकोसमेत मन्त्री पोखरेलले बताउनुभयो ।
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते