
काठमाडौँ, २१ फागुन । मन्त्रिपरिषद्को आज बसेको बैठकले सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठक चैत १ देखि ४ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले सार्कको परराष्ट्रमन्त्रीस्तरीय ३७औँ बैठक पोखरामा हुन लागेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।
बैठकले उक्त सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठकका लागि तीन वटा समितिसमेत गठन गर्ने निर्णय गरेको छ ।
सार्कको परराष्ट्रस्तरीय बैठकका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा नेतृत्वमा समिति, परराष्ट्रसचिव शङ्करदास बैरागीको नेतृत्वमा छ सदस्यीय समिति र परराष्ट्रमन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईको नेतृत्वमा पाँच सदस्यीय कार्यक्रम समिति गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले ऐन निर्माणको विषयमा केही सैद्धान्तिक सहमतिसमेत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ल्याउने महाअभियोग कार्यविधिसम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमति भएको छ ।
साथै, न्याय सेवा आयोगसम्बन्धी विधेयक तर्जुमा गर्ने, न्याय परिषद्सम्बन्धी विधेयक तर्जुमा गर्ने, महान्यायाधीवक्ताको काम, कर्तव्य अधिकार र सेवाका सर्तसम्बन्धी सैद्धान्तिक स्वीकृत दिएकोसमेत मन्त्री पोखरेलले बताउनुभयो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक