दमक, २२ फागुन । सरकारका प्रवक्ता शेरधन राईले वर्तमान सरकारले छिट्टै राष्ट्रिय सरकारको आकार पाउने बताउनुभएको छ ।
झापाको दमकमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री राईले काँग्रेस लगायत असन्तुष्ट दललाई ल्याएर यही सरकारले राष्ट्रिय आकार पाउने बताउनुभयो ।
काँग्रेस आफ्नो महाधिवेशनमा केन्द्रित भएको र महाधिवेशन सकिएलगत्तै सरकारमा सहभागी हुने उहाँको भनाइ थियो । काँग्रेस तथा तराई, मधेसका दललाई सरकारमा ल्याउन आवश्यक पहल र संवाद भइरहेको जानकारी दिँदै मन्त्री राईले भन्नुभयो, “मुलुकलाई आर्थिक तथा सामाजिक रुपमा रुपान्तरण गर्न तथा संविधानको प्रभावकारी कार्यान्वयन गर्न दल एक ठाउँमा उभिनुको विकल्प छैन ।”
सत्ताका केही दलका नेताले वर्तमान सरकारको विकल्प खोजी भइरहेको भन्ने खबर आएका छन् नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री राईले भन्नुभयो,– “त्यो उहाँहरुको भ्रम मात्र हो, यो सरकारले नै संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचन गराउने छ ।”
सञ्चारमन्त्रीले सरकारले सञ्चार नीति थप व्यवस्थित बनाउन कार्ययोजनाका साथ लागेको जानकारी पनि दिनुभयो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह