
काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्र भएको छ ।
बन्द सत्रमा शुक्रबार कावा सभापति रामचन्द्र पौडेलका तर्फबाट केन्द्रीय सदस्य महेश आचार्यले पार्टीको नीति तथा कार्यक्रम तथा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाद्वारा प्रस्तुत पार्टीको साङ्गठनिक प्रतिवेदन एवम् कोषाध्यक्ष चित्रलेखा यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा आज छलफल हुने बताइएको छ ।
महाधिवेशनको बन्द सत्रमा प्रस्तुत भएका तीन वटै प्रतिवेदनमा महाधिवेशन प्रतिनिधिले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले राससलाई जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधिले उठाएका जिज्ञासाको प्रतिवेदन प्रस्तुतकर्ता नेताले उत्तर दिई आजै प्रतिवेदन सुझाव सहित पारित गरिने कार्यक्रम छ ।
यही फागुन २० देखि सुरु भएको महाधिवेशनमा आगामी चारवर्षीय कार्यकालका लागि आइतबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । मतदान प्रयोजनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको छानबिन गरी आजै अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो ।
सभापति, महामन्त्री र कोषाध्यक्ष तीन पदाधिकारी र खुला एवम् समानुपातिक समावेशी प्रतिनिधित्वसहित ६१ केन्द्रीय सदस्यका लागि ३७५ को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । तीन हजार १७५ महाधिवेशन प्रतिनिधिले आइतबार नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । मतदान कार्यक्रम राष्ट्रिय सभागृहमा हुनेछ ।
नेता र कार्यकर्ता महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदन माथिको छलफलमा भन्दा मत माग्न व्यस्त रहेको दृश्य बन्द सत्रस्थल भृकुटीमण्डप क्षेत्रमा देख्न सकिन्छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा