
काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्र भएको छ ।
बन्द सत्रमा शुक्रबार कावा सभापति रामचन्द्र पौडेलका तर्फबाट केन्द्रीय सदस्य महेश आचार्यले पार्टीको नीति तथा कार्यक्रम तथा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाद्वारा प्रस्तुत पार्टीको साङ्गठनिक प्रतिवेदन एवम् कोषाध्यक्ष चित्रलेखा यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा आज छलफल हुने बताइएको छ ।
महाधिवेशनको बन्द सत्रमा प्रस्तुत भएका तीन वटै प्रतिवेदनमा महाधिवेशन प्रतिनिधिले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले राससलाई जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधिले उठाएका जिज्ञासाको प्रतिवेदन प्रस्तुतकर्ता नेताले उत्तर दिई आजै प्रतिवेदन सुझाव सहित पारित गरिने कार्यक्रम छ ।
यही फागुन २० देखि सुरु भएको महाधिवेशनमा आगामी चारवर्षीय कार्यकालका लागि आइतबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । मतदान प्रयोजनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको छानबिन गरी आजै अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो ।
सभापति, महामन्त्री र कोषाध्यक्ष तीन पदाधिकारी र खुला एवम् समानुपातिक समावेशी प्रतिनिधित्वसहित ६१ केन्द्रीय सदस्यका लागि ३७५ को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । तीन हजार १७५ महाधिवेशन प्रतिनिधिले आइतबार नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । मतदान कार्यक्रम राष्ट्रिय सभागृहमा हुनेछ ।
नेता र कार्यकर्ता महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदन माथिको छलफलमा भन्दा मत माग्न व्यस्त रहेको दृश्य बन्द सत्रस्थल भृकुटीमण्डप क्षेत्रमा देख्न सकिन्छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ