शनिबार, कार्तिक १५ २०७७ | Sat, October 31, 2020
नेपालको समय: १५:१३ | UK Time: 09:28

लोकतन्त्र प्राप्तिको आन्दोलनमा काँग्रेसको योगदान महत्वपूर्ण–प्रधानमन्त्री ओली

वीनेपाली
२०७२ फागुन २० गते ११:३८

नेपाली काँग्रेसको योगदानको स्मरण

उद्घाटन सत्रमा सम्बोधन गर्दै मधेसी जनअधिकार (फोरम लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा नेपाली काँग्रेसको ठूलो योगदान रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेसको खुलामञ्चमा भएको १३औँ महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले काँग्रेसले राणा शासन, पञ्चायत व्यवस्था र निरङ्कुश राजतन्त्रविरुद्धको लडाइँमा परिणामुखी नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष गच्छदारले महामानव बिपी कोइराला, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई, सुर्वण शमसेर, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई आफूले आर्दश व्यक्तिका रुपमा लिएको स्मरण गर्दै महाधिवेशन सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

नेकपा (माले)का महासचिव एवम् उप्रधानमन्त्री चन्द्रप्रकाश मैनाली संविधानससभाबाट सङ्घीय गणतन्त्र नेपालको समावेशी सविधान जारी गराउन नेकाले अत्यन्त अद्वितीय भूमिका निर्वाह गरेको बताउँदै महाधिवेशन सफलताको कामना गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा उपप्रधानमन्त्री चित्रबहादुर केसीले देशमा जारी नयाँ संविधानलाई कार्यान्वयन गर्न फेरि पनि सबैपाटीबीच एकताको खाँचो रहेको बताउँदै प्रजातान्त्रिक आन्दोलनमा नेकाको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उपाध्यक्ष राजीव पराजुलीले महाधिवेशनले समग्र मुलुकमा देखिएका सबैखाले परिस्थितिलाई सुधारेर अघि बढ्ने नेतृत्व चयन गर्ने छ भनी शुभकामना गर्नुभयो ।

नेपाली काँग्रेसकी कोषाध्यक्ष चित्रलेखा यादवले महाधिवेशनले चयन गर्ने नेतृत्वले मुलुकमा देखिएका कालोबजारी र भ्रष्टाचारलाई अन्त्य गरेर आमजनतालाई सुशासनको प्रत्याभूति दिलाउनुका साथै एकताको महाधिवेशनको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

g]sfsf] !#cf}F dxflwj]zg pb3f6g g]kfnL sfFu|];sf] P]ltxfl;s !#cfF} dxflwj]zg sf7df8f}Fsf] v'Nnfd~rdf laxLaf/ cfof]lht ;d'b3f6g ;df/f]xsf ;xefuLx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

नेपाली काँग्रेसको ऐतिहासिक १३आँै महाधिवेशन काठमाडौँको खुल्लामञ्चमा बिहीबार आयोजित समुद्घाटन समारोहका सहभागीहरु । तस्बिर ः रोशन सापकोटा, रासस

नेपाली काँग्रेसको १३ औं महाधिवेशनको काठमाडौँको खुल्लामञ्चमा बिहीबार आयोजित समुद्घाटन समारोहमा राष्ट्रिय गान गाउँदै विभिन्न पार्टीका शीर्ष नेताहरु र अतिथिहरु । तस्बिर ः रासस

नेपाली काँग्रेसको १३ औं महाधिवेशनको काठमाडौँको खुल्लामञ्चमा बिहीबार आयोजित समुद्घाटन समारोहमा राष्ट्रिय गान गाउँदै विभिन्न पार्टीका शीर्ष नेताहरु र अतिथिहरु । तस्बिर ः रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक