लुम्बिनी (रुपन्देही), २० फागुन । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी दलहरुले उठाएको माग सम्बोधन गर्ने तर्फ सरकार गम्भीर नभएको बताउन भएको छ ।
पार्टीको भैरहवामा सम्पन्न बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले मधेसी मोर्चाले बन्द, हडताल र नाकाबन्दीलगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिए पनि आफूहरुको आन्दोलन भने नरोकिएको बताउनुभयो ।
उहाँले सरकारसँग विभिन्न चरणमा भएका वार्ता तथा सम्वाद सरकारकै कारण अर्धहीन भएको उल्लेख गर्दै अबको वार्ता सार्थक र उपलब्धिमूलक हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेस त्रिपाठीले मधेस आन्दोलनमा घाइते सबैलाई सरकारले उपचारलगायतका सुविधा दिने बताए पनि पीडितले उपचार नपाएको गुनासो गर्नुभयो ।
उहाँले सरकार नागरिकका समस्या समाधान गर्न तर्फ लाग्नु भन्दा पनि आफूलाई कसरी सत्तामा टिकाइ राख्ने खेलमा लागेको आरोप लगाउनु भयो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता