
काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशका सञ्चारमन्त्री हसनुल हक इनुले आज प्रधानमन्त्री निवासमा भेटवार्ता गर्नुभयो ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल– बङ्गलादेश सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।
दुवै मुलुकले आफ्ना जनताको समृद्धि र विकासलाई केन्द्रमा राखेर काम गरेकाले भावी दिनमा नेपाल र बङ्गलादेशबीच विकासका क्षेत्रमा कसरी योगदान हुनसक्छ भन्नेबारेमा उहाँहरूबीच छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालले राससलाई बताउनुभयो ।
प्रधानमन्त्री ओलीले हालै भारतसँग सिंहवाद– रोहणपुर र फूलबारी– बङ्गलाबन्द मार्ग सञ्चालनका लागि भएको सहमतिबारे जानकारी गराउँदै त्यसबाट नेपाल र बङ्गलादेशबीचको व्यापार विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले नेपालमा लगानीको वातावरण बनेकाले बङ्गलादेशका व्यापारिक समुदाय ढुक्क भएर पुँजी लगाउन आह्वान गर्नुभएको थियो ।
मन्त्री हसनुल हकले बङ्गलादेशका व्यापारिक समुदाय नेपालको जलस्रोत क्षेत्रमा लगानी गर्न इच्छुक रहेका बताउँदै नेपालको आर्थिक समृद्धि र विकास आफ्नो मुलुकको चाहना रहेको विचार व्यक्त गर्नुभयो ।
बङ्गलादेशका सञ्चारमन्त्रीले बङ्गलादेश सङ्घवाद संस्था (बिएसएस) र राष्ट्रिय समाचार समिति (रासस)बीच सूचना तथा समाचार आदान–प्रदानका निम्ति सहकार्यको प्रस्ताव गर्नुभएको र प्रधानमन्त्री ओलीले त्यसलाई सकारात्मक रुपमा लिनुभएको श्री खनालले जानकारी दिनुभयो ।
भेटका अवसरमा नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्टे शाम्सलगायत यहाँस्थित बङ्गलादेशी दूतावासका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति