
नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा भाग लिन पार्टी कार्यालय पुगेका विभिन्न जिल्लाका प्रतिनिधिहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १९ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा सहभागी हुन आउनेलाई काँग्रेसले माछामासुसहितको खाना खुवाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी भोजन तथा आवास व्यवस्थापन समितिले उनीहरुलाई नौ छाक खाना खुवाउने तयारी गरिएको समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिनुभयो ।
मुसलमान समुदाय र साहकारीका लागि उनीहरुको चाहनाअनुसार छुट्टै खानपानको व्यवस्था गरिने भएको छ । भोजनका लागि कुल रु एक करोड दुई लाख छयासी हजार २५० खर्च हुने अनुमान समितिले गरेको छ ।
आवासका लागि भने महाधिवेशन अवधिभर झन्डै रु दुई करोड २० लाख एक हजार ३८४ खर्च हुने अनुमान गरिएको छ । महाधिवेशनभर प्रतिनिधि बस्नका लागि ठमेलका ४५, गौशालाका १९, सुन्धाराका ६२ र बागबजारको एक होटल गरी १२७ वटा होटल व्यवस्था गरिएको छ ।
उहाँले महाधिवेशनका लागि देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधि बाहेक पर्यवेक्षक, पाहुना र सहयोगीहरुसहित झण्डै तीन हजार ५०० लाई भोजन तथा आवासको तयारी गरिएको बताउनुभयो । काठमाडाँैं उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरबाट आउनेहरुलाई भने आवासको व्यवस्था गरिएको छैन ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा