
नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा भाग लिन पार्टी कार्यालय पुगेका विभिन्न जिल्लाका प्रतिनिधिहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १९ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा सहभागी हुन आउनेलाई काँग्रेसले माछामासुसहितको खाना खुवाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी भोजन तथा आवास व्यवस्थापन समितिले उनीहरुलाई नौ छाक खाना खुवाउने तयारी गरिएको समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिनुभयो ।
मुसलमान समुदाय र साहकारीका लागि उनीहरुको चाहनाअनुसार छुट्टै खानपानको व्यवस्था गरिने भएको छ । भोजनका लागि कुल रु एक करोड दुई लाख छयासी हजार २५० खर्च हुने अनुमान समितिले गरेको छ ।
आवासका लागि भने महाधिवेशन अवधिभर झन्डै रु दुई करोड २० लाख एक हजार ३८४ खर्च हुने अनुमान गरिएको छ । महाधिवेशनभर प्रतिनिधि बस्नका लागि ठमेलका ४५, गौशालाका १९, सुन्धाराका ६२ र बागबजारको एक होटल गरी १२७ वटा होटल व्यवस्था गरिएको छ ।
उहाँले महाधिवेशनका लागि देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधि बाहेक पर्यवेक्षक, पाहुना र सहयोगीहरुसहित झण्डै तीन हजार ५०० लाई भोजन तथा आवासको तयारी गरिएको बताउनुभयो । काठमाडाँैं उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरबाट आउनेहरुलाई भने आवासको व्यवस्था गरिएको छैन ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग