
नेपाली काँग्रेसको १३ औं महाधिवेशनको पूर्व सन्ध्यामा नेता कृष्ण सिटौला सभापतिमा आफ्नो नेतृत्वको प्यानल घोषणा अवसरमा वोल्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौं, १९ फागुन । नेपाली काँग्रेसको १३ आँै महाधिवेशनका लागि महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ ।
आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी सिटौला समूहले उम्मेदवारी घोषणा गरेको हो । सिटौला सभापतिको उम्मेदवार हुने समुहबाट महामन्त्रीमा गगन थापाले र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दिनुहुने भएको छ ।
उम्मेदवारी घोषणा कार्यक्रममा तीनवटै पदका उम्मेदवारहरुले पार्टीमा रहेको गुटको अन्त्य गर्न र पार्टीलाई ऊर्जाशील बनाउन आफूहरुको उम्मेदवारी भएको बताउनुभएको थियो । उहाँहरुले आफूहरु कुनै गुटको नभई सबै नेता तथा कार्यकर्ताहरुको भवनाको प्रतिनिधित्व गर्न जुर्मुराएको चर्चा गर्नु भयो ।
सभापतिका उम्मेदवार सिटौलाले शान्तिप्रक्रिया र संविधान निर्माणको काम सकिएकाले अब त्यसको कार्यान्वयनको जिम्मेवारी आफूहरुले पूरा गर्ने बताउनुभयो । उहाँले पार्टीलाई गतिशील, विचारशील र अग्रगामी बनाउनका लागि नयाँ पुस्ताको नेतृत्वको आवश्यकता भएकाले आफूले नेतृत्व लिन तम्सिएको स्पष्ट पार्नुभयो ।
महामन्त्रीका उम्मेदवार थापाले आफ्नो नसामा विपीको रगत नभई विचार बगेको बताउनुभयो । उहाँले भन्नु भयो“पार्टी रगतले होइन विचारले चलाउने हो त्यसैले मेरो नसा नसामा विपीको विचार बगेकाले विपीको विचारअनुसार नै पार्टीलाई चलाउने अठोट गरेको छु ।”
कोषाध्यक्षका उम्मेदवार चौधरीले पार्टीभित्रको भागबण्डको अन्त्यका लागि आफूहरुले उम्मेदवारी दिएको बताउनुभयो । पार्टी चलाउने विराशतले होइन विचारले हो भन्दै नेता चौधरीले विचारशील नेता तथा कार्यकर्ताले आफूहरुलाई उत्साहित पारेको बताउनुभयो ।
कार्यक्रममा केही केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति, विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधि तथा नेता कार्यकर्ताहरुको सहभागिता थियो ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता