लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) का
पंजीकृत सदस्यहरुले बेलायतभरका नेपाली व्यवसायहरुबाट विशेष छुट पाउने भएका छन् ।
आज मंगलबार रसमुर एरियाबाट यसको प्रक्रिया शुरु गरिएको छ । अध्यक्ष मुछेत्र गुरुङले जानकारी दिए अनुसार एम रेस्टुरेन्ट, न्यू लक्की ज्वेलरी, लक्ष्मी ज्वेलरी, गोर्खा बराह ज्वेलरी, एभरेष्ट क्यास एण्ड क्यारी, क्वालिटी सुपर स्टोर, नमुना हेयर सलुन, सिराज फेशन हाउस, मिमोसा रेष्टुरेन्ट र गोर्खा प्यालेस रेस्टुरेन्ट फानबोरोबाट विशेष छुटका लागि आवश्यक कागजात हस्तान्तरण गरिएको छ ।
यसका लागि संघले बेलायतका हरेक क्षेत्रमा पदाधिकारीहरुलाई जिम्मा दिइसकेको जनाउंदै अरु क्षेत्रमा पनि विस्तार गरिने जनाएको छ । जसअनुसार साउथ इष्टमा अर्जुन कटुवाल, ललित न्यौपाने, दीपक श्रेष्ठ र फडिन्द्र भट्टराई, रेडिङ एरियामा ललित गुरुङ र सल्लाहकार मीनप्रसाद गुरुङ तथा लन्डन एरियामा कृष्ण तिवारी र सनत गुरुङलाई जिम्मा दिइएको हो ।
संघको सदस्यता लिएमा सबै नेपालीको साझा संस्थाको सदस्य बन्न पाउने गौरवसहित बेलायतभरका नेपाली विभिन्न व्यवसायबाट छुट पाइने गुरुङले जनाए । यसले नेपाल हाउसमा आर्थिक योगदान गर्न सकिने समेत बताइएको छ ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण