लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) का
पंजीकृत सदस्यहरुले बेलायतभरका नेपाली व्यवसायहरुबाट विशेष छुट पाउने भएका छन् ।
आज मंगलबार रसमुर एरियाबाट यसको प्रक्रिया शुरु गरिएको छ । अध्यक्ष मुछेत्र गुरुङले जानकारी दिए अनुसार एम रेस्टुरेन्ट, न्यू लक्की ज्वेलरी, लक्ष्मी ज्वेलरी, गोर्खा बराह ज्वेलरी, एभरेष्ट क्यास एण्ड क्यारी, क्वालिटी सुपर स्टोर, नमुना हेयर सलुन, सिराज फेशन हाउस, मिमोसा रेष्टुरेन्ट र गोर्खा प्यालेस रेस्टुरेन्ट फानबोरोबाट विशेष छुटका लागि आवश्यक कागजात हस्तान्तरण गरिएको छ ।
यसका लागि संघले बेलायतका हरेक क्षेत्रमा पदाधिकारीहरुलाई जिम्मा दिइसकेको जनाउंदै अरु क्षेत्रमा पनि विस्तार गरिने जनाएको छ । जसअनुसार साउथ इष्टमा अर्जुन कटुवाल, ललित न्यौपाने, दीपक श्रेष्ठ र फडिन्द्र भट्टराई, रेडिङ एरियामा ललित गुरुङ र सल्लाहकार मीनप्रसाद गुरुङ तथा लन्डन एरियामा कृष्ण तिवारी र सनत गुरुङलाई जिम्मा दिइएको हो ।
संघको सदस्यता लिएमा सबै नेपालीको साझा संस्थाको सदस्य बन्न पाउने गौरवसहित बेलायतभरका नेपाली विभिन्न व्यवसायबाट छुट पाइने गुरुङले जनाए । यसले नेपाल हाउसमा आर्थिक योगदान गर्न सकिने समेत बताइएको छ ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय