
काठमाडौँ, १८ फागुन । नयाँ शक्ति नेपालले नेपाल र भारतबीच अवरुद्ध रहेको द्विपक्षीय सम्बन्ध प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणपछि संवादको चरणमा प्रवेश गरेको टिप्पणी गरेको छ ।
नयाँ शक्तिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर प्रधानमन्त्रीको भारत भ्रमणपछि सम्बन्ध सुधारको चरणमा प्रवेश गरेको र सहजीकरण हुने दिशामा केन्द्रित रहेको जनाएको हो ।
नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले भन्नुभयो– “म प्रधानमन्त्री भएकै बखत सुरु भएका केही कार्यक्रम पुनःसुरु गर्ने सहमति भएको छ । राजनीतिक तहमा संवाद सुरु भएको छ । यसलाई सकारात्मक रुपमा लिनु पर्छ ।”
उहाँले राजनीतिमा नयाँ पनको सुरुवात जरुरी रहेको भन्दै आफूहरु त्यतैतिर केन्द्रित हुने र समाज सुधारमा लागिपर्ने उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा हरियो काठमाडौँ, सफा काठमाडौँ अभियान सुरु गर्ने, भ्रष्टाचारविरुद्ध सहयोगक कक्ष स्थापना गर्ने, नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिने र राष्ट्रिय र सामाजिक एकताका लागि सद्भाव अभियान सञ्चालन गर्ने घोषणा गरियो ।
सो अवसरमा नयाँ शक्ति अभियानका प्रचार प्रमुख मुमाराम खनाल र अर्थ विभाग प्रमुख रामेश्वर खनालले आ–आफ्नो विभागले गर्ने कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार