अर्बपति चौधरीको अंग्रेजी जीवनकथा विमोचित

raw

 काठमाडौं । एउटा ब्यापारीको संघर्षपूर्ण भोगाइदेखि पुस्तक लेखनसम्मका अनुभव चर्चा गर्दै बिनोद चौधरीः माइ स्टोरीको सोमबार औपचारिक विमोचन गरिएको छ । अमेरिकी डलरका हिसाबले नेपालका पहिलो अर्बपति घोषित चौधरीको तीन वर्षअघि प्रकाशित बहुचर्चित आत्मकथाको यो अंग्रेजी अनुवाद हो ।

पुस्तकबारे चर्चा गर्दै आर्थिक टिप्पणीकार आशुतोष तिवारीले नेपालमा प्रकाशित अंग्रेजी पुस्तकले पहिलोपटक आफूलाई लेखनशैलीदेखि भाषाको पकडसम्म सन्तुष्ट पारेको सुनाए । उनले एक बसाइँमै पुस्तक पढिसिध्याएको जानकारी पनि दिए ।

तमाम प्रतिकूलताका बाबजूद नेपाली व्यापारीले अन्तर्राष्ट्रिय उचाइँ समात्न खोज्दाका संघर्षहरु आश्चर्यलाग्दो सफलताको कथाका रुपमा प्रस्तुत भएको छ,’ तिवारीले भने, ‘नेपालमा यतिबेला महत्वाकांक्षाको खडेरी परेका बेला तन्नेरी पुस्ताका निम्ति यसले पर्याप्त प्रेरणा दिन सक्छ ।

आर्थिक एजेन्डालाई हामीकहाँ प्राथमिकतामा नराख्दा र डेलिभरीका संयन्त्रहरु कमजोर भइदिँदा मुलुकमा लगानीको वातावरण अनुकूल हुननसकेको चौधरीले त्यस अवसरमा उल्लेख गरे ।

तै पनि हामीकहाँ पर्याप्त संभावना छन्,’ चौधरीले भने, ‘त्यसैगरि हरेक मामलामा विश्वका कुनै भागभन्दा आफूलाई पछाडि नराखेका तन्नेरी पुस्ताहरु देख्न थालेको छु ।

आफ्नो वाल्यकाल उतिबेलाको काठमाडौंमा सामान्य रुपले बिते पनि विश्वका चकाचौँध उज्यालोबाट आफू प्रभावित रहँदै अघि बढेको र त्यसैगरि अगाडि बढ्न खोज्दा आइपरेका चूनौतिहरुले नै आफूलाई जस्तोसुकै परिस्थितीसँग लड्नभिड्न सक्ने बनाउदै लगेको चौधरीले बताए ।

मैले कुनै ठूलो बिजनेस स्कुलमा पढ्ने अवसर त पाइँन,’ समारोहमा उपस्थित जापानी राजदूततर्फ इशारा गर्दै चौधरीले भने, ‘तरयुवा अवस्थामै तपाइँको मुलुकमा पुगेर त्यहाँबाट सिकेका ब्यावसायिक वातावरणले अगाडि बढ्न धेरै सहयोग गरेको थियो ।’ उनले त्यस अवसरमा भारतभन्दा पहिल्यै सुजुकी मोटर नेपाल ल्याउँदा र नेसनल पानोसोनिक रेडियोको उत्पादन नेपालमा सुरु गर्दाका संस्मरण पनि सुनाएका थिए ।

पछिल्लो समय विश्वकै चाउचाउ खपतमध्ये २ दशमलव २ प्रतिशत आपूर्ति गर्नथालेका अर्बपतिले भने पुस्तकमा उल्लेखित मेरा अनुभवहरु युवा पुस्तालाई काम लागेको खण्डमा सफल ठान्नेछुँ ।

यसका अनुवादक एवं पत्रकार स्व. संजीव घिमिरेका पत्नीलाई चौधरीद्वारा पुस्तक हस्तान्तरण गर्दै यसको औपचारिक विमोचन घोषणा गरिएको थियो ।

पुस्तकको सिलसिलामा संजीवसँग मेरो छोटो अनुभव रह्यो,’ चौधरीले भने, ‘तरत्यो महत्वपूर्ण थियो जसको प्रभावमा उनी यो पुस्तकमार्फत् बाँचिरहनेछन् ।

अंग्रेजी संस्करणले यी गतिशिल अर्बपतिका सन् २०१३ पछिका नयाँ विवरणहरु समेट्नुका साथै भारत एवं अन्यत्र पनि उनका पछिल्ला व्यावसायिक विस्तार र उपलब्धिका बेलिबिस्तार वर्णन गरेको छ । 

चौधरीको पुस्तक प्रकाशित भएलगत्तै उनी विश्वप्रसिद्ध फोब्र्स पत्रिकाको अर्बपति सूचीमा समावेस हुनु एउटा सुखद संयोग थियो,’ पुस्तकका नेपाली र अब अंग्रेजीसमेत संस्करणका प्रकाशक नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘चौधरीजस्ता ब्यक्तित्वहरुका कथा नेपालबाट अन्तर्राष्ट्रिय पाठकहरुको घेरासम्म पुग्नु जरुरी छ भन्ने लागेरै अंग्रेजी भाषा मार्फत् यसको दायरा अझ बिस्तृत पार्ने सोचाइमा हामी पुगेका हौं ।

सुदिप श्रेष्ठसँगको सहकार्यमा लेखिएको मूल पुस्तकलाई यसका पाठकहरुले भाषा र शैलीका हिसाबले असाध्यै मनपराएका थिए ।

लेखकका रुपमा परिचय बनाएपछि सार्वजनिक जीवनमा मेरो ब्यक्तित्वको अर्को आयाम विकास हुनपुग्यो जुन मैले कहिल्यै चिताएको थिइँन,’ चौधरी भन्छन्, ‘हिजोआज मलाई प्रायः भेटघाट हुने मानिसहरुले पुस्तककै आधारमा चिनिरहेको पाउँछु ।

गणबहालस्थित एक सरकारी स्कुलको विद्यार्थी जीवनदेखि खिचापोखरीका सडकमा खेल्दै र हुर्कदै गरेका चौधरीगायक र फिल्मनिर्माताहुने लहडमा लागेको ब्यक्तिले चलाएको डिस्कोउद्योवाणिज्य संघको नेतृत्व अनि आजसम्म अन्य कुनै नेपाली पुग्न नसकेको नेपाल बाहिरका दायरासम्म ब्यावसायिक पहुँच विस्तार गर्दासम्मको रोचक गाथा यस पुस्तकमा समेटिएका छन् । अहिलेसम्म पनि नेपालका एक मात्र डलर अर्बपतिका रुपमा सूचित चौधरीको यो पुस्तक लामो समयसम्म बजारमा बेस्ट सेलर’ बन्न पुगेको थियो ।

चौधरीको व्यावसायिक साम्राज्य वा ब्यक्तिगत पहुँच आज नेपाल भित्रमात्रै सीमित नरहेर विश्वभर बित्तिय संस्थाहरुघरजग्गामा लगानीसेवा उद्योगसिमेन्ट र खाद्य एवं पेयका उत्पादनमार्फत दिनप्रतिदिन बिस्तार हुँदै गइरहेका छन् । सीपामार लगानीमा विश्वप्रसिद्ध भारतीय ब्राण्ड ताज समूहमार्फत सेवा उद्योगमा साझेदारीको थालनीले पनि आज निकै फराकिलो आयतन लिइसकेको छ । यतिबेला आठवटा मुलुकमा ८८ वटा होटल चलाइरहेको उनको टिमले सन् २०२० भित्रमा दुइ सयवटा होटल पु¥याउने संकल्प लिएको छ ।

मुलुक भित्र मात्र नरहेर यस भेगकै राजघरानादेखि राजनीतिमा महत्वपूर्ण भूमिका निभाउने नेताहरुसम्मको पहुँच र पकडले उनको जीवनलाई नै स्वादलाग्दो बनाएको छ । 

यसै वर्ष महाभूकम्पलगत्तै जब उनले राहत आव्हानका साथै सहयोगका निम्ति मैदानमा उत्रिएउनी फेरि फोब्र्सको अर्को सूचीमा देखापरेचालिस सर्वश्रेष्ठ दाताका रुपमा ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री