काठमाडौँ, १६ फागुन । नेपाल हवाई यातायात नियन्त्रक सङ्घले पोखराबाट जोमसोम जान लागेको विमान म्याग्दीमा दुर्घटना भएको विषयलाई लिएर म्यागासासे पुरस्कार विजयी महावीर पुनले भड्काउने खालका प्रतिक्रिया दिनुभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सङ्घका अध्यक्ष देवेन्द्रप्रसाद श्रेष्ठले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा म्याग्दीको सोलीघोप्टेमा विमान दुर्घटना भएको विषयलाई लिएर पुनले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा दिनुभएको भ्रामक तथा सर्वसाधारणको भावना भड्काउने खालको प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
“नेपालमा उड्डयन क्षेत्रमा मौसमी विवरण दिने आधिकारिक निकाय जलवायु तथा मौसम विज्ञान विभागमात्र रहेको छ, उक्त विभागले विश्व जलवायू संगठन (World Meteorology Organization) को सम्बन्धन प्राप्त गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको एनएक्स–३ ले तोकिएका तालिमप्राप्त, दक्षजनशक्ति र अन्य उपकरणको सहयोगमा प्रमाणीकरण गरिएका मौसमी विवरणमात्र वायुसेवा कम्पनी, हवाई चालक तथा हवाई यातायात नियन्त्रकलाई उपलब्ध गराइन्छ”– विज्ञप्तिमा उल्लेख छ ।
उपकरणको स्तरीयता र विश्वसनीयताको मापदण्ड निर्धारण नभएका व्यक्ति वा संस्थाले स्वेच्छिकरुपमा प्रदान गर्ने अप्रमाणित मौसमी विवरणको जिम्मेवारी कसैको पनि नहुने भएको भन्दै भड्काउने खालको गैरजिम्मेवार अभिव्यक्तिप्रति सङ्घले खेद प्रकट गरेको छ ।
सङ्घले यही फागुन १२ गते पोखराबाट जोमसोम जानेक्रममा म्याग्दीको सोलीघोप्टेमा भएको दुर्घटनामा परी विमानका चालकदलका तीनसहित २३ जनाको निधन र फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको विमान कालिकोटको चिलखायामा भएको दुर्घटनामा चालकदलका दुई सदस्यको मृत्यु भएकोप्रति चिरशान्तिको कामना र शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेको छ । साथै, सङ्घले घाइतेको स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ