
कालीकोटको चिल्खामा शुक्रबार काष्ठमण्डप एयरको विमान दुर्घटना हुँदा घाइते भएका नौ यात्रुलाई हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइ उपचार गर्दै । तस्बिर ः राकेशकुमार मिश्र बाँके (खजुरा)
बाँके (खजुरा), १४ फागुन । कालीकोटको चिल्खायामा आज भएको विमान दुर्घटनामा परी घाइते नौ जनालाई उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ ।
दुर्घटनामा निधन भएका पाइलटद्वयको शव पनि सोही हेलिकप्टरबाट ल्याइएको अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक धिरु बस्न्त्यातले बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा परी मेघराज गिरी, गणेश भट्टचन, सोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्द भण्डारी, लक्ष्मी खड्का, धनञ्जय खत्री, जगदम्बा खत्री र दुई वर्षीय शिशुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको नाइन एनए जेबी जहाजमा समस्या आएपछि अपराह्न साढे १२ बजे चिल्खाया गाविस–२ मा आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको थियो । सो दुर्घटनामा नेपालगन्ज निवासी पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको मृत्यु भएको छ । जहाजमा ११ जना सवार थिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार