लन्डन । नेपाल पर्यटन बोर्डले भर्खरै बेलायतका लागि मानार्थ जनसम्पर्क अधिकृतको नियुक्ति दिएपछि व्यवसायी पशुपति भण्डारी खुबै जोसिएका छन् । बेलायत बसेर नेपालको पर्यटन प्रवद्र्धन उनको जिम्मेवारी छ । देश विदेशबाट बधाई ग्रहणसंगै अब उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि दिन रात खटिने प्रण गरेका छन् ।
‘मैले नियुक्ति नहुंदा पनि गरेकै थिएं, अब झन् दोब्बर पर्यटक नेपाल भित्र्याउन सक्रिय हुन्छु’, उनको प्रतिवद्धता छ । भूकम्प अघिसम्म बेलायतबाट वार्षिक सरदर ४० हजार पर्यटकले नेपाल भ्रमण गर्ने गरेका थिए । ‘नेपाल सरकारले बजेट छुट्याए झन् बढि प्रभावकारी काम गर्न सकिन्थ्यो’, उनले भने, ‘सरकारले केही नदिए मेरै श्रोत साधन प्रयोग गरेर भएपनि जति सक्छु नयां काम देखाउंछु ।’
२५ वर्षदेखि बेलायत बस्दै आएका भण्डारीसंग पर्यटन प्रवद्र्धनका लागि केही अजेन्डा छन् । लन्डन अन्डरग्राउण्ड, लन्डनका राता बसमा नेपाल झल्कने साइन बोर्ड वा विज्ञापनका अन्य माध्यम, नेपाली मेला र बेलायती विश्वविद्यालयमा नेपाल सम्वन्धि कार्यक्रम उनको दिमागमा छ । लन्डनस्थित नेपाली दूतावाससंग समन्वय गरेर समर फेस्टिभल गर्ने समेत उनले सोचेका छन् ।
नेपाल पर्यटन बोर्डले सन् २०११ यता हालसम्म नयां ब्रोसर, पोष्टर पम्पलेट केही नछापेको गुनासो गर्दै उनले नेपाल गएर भूकम्पपछि नेपाल सुरक्षित रहेको सन्देश दिने खालका सामाग्री छापी बेलायत ल्याएर बांड्ने योजना सुनाए ।
बेलायतमा रहेका झण्डै तीन सय रेष्टुरेन्टमा नेपालको पर्यटन सम्वन्धि सामाग्री वितरण र त्यहां कार्यरत कर्मचारीलाई नेपालबारे प्रशिक्षण दिने योजना भण्डारीले बनाएका छन् । ‘कम्तीमा एउटा रेष्टुरेन्टका दुई जना कर्मचारीलाई नेपाल घुम्न लायक सिजन, सुविधा, नेपालको विशेषताआदिबारे तालिम दिन सकियो भने उनीहरुले विदेशी ग्राहकलाई सही जानकारी दिन सक्छन्’, उनले भने ।
ब्रिटिश व्यवसायीलाई नेपालमा पर्यटन र हाइड्रो क्षेत्रमा लगानीका सम्भाव्यताबारे प्रष्ट्याउंदै लगानी भित्र्याउन प्रेरित समेत गर्ने उनले जनाए । भण्डारीको आफ्नै पनि नेपालमा हाइड्रो र रिसोर्टमा लगानी छ ।
बेलायतमा ५ वटा प्रतिष्ठित फाइन डाइन रेष्टुरेन्ट चलाइरहेको एभरेन्ट इन ग्रुपका प्रवन्ध निर्देशक हुन् भण्डारी । ‘सबैभन्दा आत्मसन्तुष्टि त देशका लागि केही गर्ने अवसर मिलेको छ’, भण्डारी भन्छन्, ‘अरु संघसंस्था सबैमा लोभलालच र तंछांडमछाड भएपनि यो जिम्मेवारीमा कसैको रिस राग नहुंदा उत्साहित छु ।’
भण्डारीको एभरेष्ट इन ग्रुपले ‘सेन्ड योर फ्रेण्ड्स टु नेपाल’ अभियान अन्तर्गत आगामी महिना ४३ जना बेलायती नेपाल भ्रमण गर्न लैजांदैछ भने यसअघि सन् २०११ मा १८ जना र १४ मा ३३ जना पर्यटक नेपाल लगेको थियो । इकान्तिपुर
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम