
लन्डन । नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव उजिर मगर शुक्रवार बिहान लन्डन उत्रिएका छन् । नेपाल पत्रकार महासंघ, बेलायत शाखाको आगामी ६ मार्चमा हुन गइरहेको तेश्रो अधिवेशनमा भाग लिन मगर लन्डन आएका हुन् ।
बिहान सबेरै हिथ्रो विमानस्थल उत्रंदा महासचिव मगरलाई नेपाल पत्रकार महासंघ, बेलायतका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगर, उपाध्यक्ष धर्मराज अधिकारी, सचिव लिलामान शेरपुन्जा लगायतले स्वागत गरेका थिए ।
अधिवेशनकै लागि आगामी साता केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट र सञ्चारमन्त्रीका प्रेस सल्लाहकार मात्रिका पौडेल पनि लन्डन आउने तय भइसकेको छ ।
तेश्रो अधिवेशन तयारी तीव्र भइरहेको शाखाले जनाएको छ । यही आइतबार २८ फेब्रुअरी बिहान उम्मेदवारी दर्ता हुने दिनलाई महत्वका साथ हेरिएको छ । निर्वाचन समितिले बिहीबार अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ जसमा ७४ सदस्य मत दिन योग्य ठहरिएका छन् ।
यसपटक अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगर र पार्षद विमला सेनेले उम्मेदवारी दिने घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षमा महासचिव श्याम लुईंटेल र उपाध्यक्ष धर्मराज अधिकारी, उपाध्यक्षमा सचिव लिलामान शेरपुन्जा र सदस्य नृपेश उप्रेती, महासचिवमा ध्रुवराज अर्याल, राजकुमार थापा र मिलन वाग्लेले उम्मेदवारी दिने चर्चा छ । नारायण गाउंलेले भने अध्यक्ष देखि महासचिवसम्मका कुनै एक पदमा उम्मेदवारी दिने जनाएका छन् । तयसैगरि, सचिवमा शिव भण्डारीको नाम छ ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम