
लन्डन । नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव उजिर मगर शुक्रवार बिहान लन्डन उत्रिएका छन् । नेपाल पत्रकार महासंघ, बेलायत शाखाको आगामी ६ मार्चमा हुन गइरहेको तेश्रो अधिवेशनमा भाग लिन मगर लन्डन आएका हुन् ।
बिहान सबेरै हिथ्रो विमानस्थल उत्रंदा महासचिव मगरलाई नेपाल पत्रकार महासंघ, बेलायतका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगर, उपाध्यक्ष धर्मराज अधिकारी, सचिव लिलामान शेरपुन्जा लगायतले स्वागत गरेका थिए ।
अधिवेशनकै लागि आगामी साता केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट र सञ्चारमन्त्रीका प्रेस सल्लाहकार मात्रिका पौडेल पनि लन्डन आउने तय भइसकेको छ ।
तेश्रो अधिवेशन तयारी तीव्र भइरहेको शाखाले जनाएको छ । यही आइतबार २८ फेब्रुअरी बिहान उम्मेदवारी दर्ता हुने दिनलाई महत्वका साथ हेरिएको छ । निर्वाचन समितिले बिहीबार अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ जसमा ७४ सदस्य मत दिन योग्य ठहरिएका छन् ।
यसपटक अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगर र पार्षद विमला सेनेले उम्मेदवारी दिने घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षमा महासचिव श्याम लुईंटेल र उपाध्यक्ष धर्मराज अधिकारी, उपाध्यक्षमा सचिव लिलामान शेरपुन्जा र सदस्य नृपेश उप्रेती, महासचिवमा ध्रुवराज अर्याल, राजकुमार थापा र मिलन वाग्लेले उम्मेदवारी दिने चर्चा छ । नारायण गाउंलेले भने अध्यक्ष देखि महासचिवसम्मका कुनै एक पदमा उम्मेदवारी दिने जनाएका छन् । तयसैगरि, सचिवमा शिव भण्डारीको नाम छ ।
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त