दाङ, १४ फागुन । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमै गर्ने चीन भ्रमणका बेला दुई देशबीचमा महत्वपूर्ण सम्झौता हुने बताउनुभएको छ ।
अब गरिने चीन भ्रमणका क्रममा पारवहन सम्झौता, वाणिज्य सम्झौता, दीर्घकालीन ऊर्जा सम्झौता र सीमाक्षेत्रमा ‘कनेक्टीभिटी’ बढाउने गरी सम्झौता हुने महासचिव पोखरेलले बताउनुभयो ।
दाङको लमहीमा आज भएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले छिमेकी देशबीचमा सन्तुलित सम्बन्ध नहुँदा नेपालले समस्या भोग्नुपरेको धारणा राख्नुभयो ।
प्रधानमन्त्री ओलीले गर्नुभएको ६ दिने भारत भ्रमण पूर्णरुपमा सफल भएको बताउँदै उहाँले एमाले नेतृत्वको सरकारले छिमेकी देशबीचको सम्बन्धलाई सन्तुलन राख्ने गरी काम गरिरहेको प्रस्ट पार्नुभयो । अर्काे एक प्रसङ्गमा महासचिव पोखरेलले एमालेले संविधानको पक्षमा उभिने शक्तिसँग हातेमालो गरी अघि बढ्ने जानकारी दिनुभयो ।
नेपाल आत्मनिर्भर नहुँंदा छिमेकीले हेपाहा प्रवृत्ति देखाएको भन्दै उहाँले अब आत्मनिर्भरताको बाटोमा मुलुकलाई अघि बढाउन सबै तह र तप्काबाट पहल हुने गरी नीति तथा कार्यक्रम तयार गरिने जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ