
भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री बिष्णुप्रसाद पौडेललगायत । विमानस्थलको निर्माण अवस्थाका बारेमा विमानस्थल निर्माण परियोजनाका प्रमुख ओम शर्मा र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले जानकारी गराउनुभएको थियो । तस्बिर ः भरत केसी, बुटवल, रासस
बुटवल, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे जानकारी लिनुका साथै निर्माण क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीलाई विमानस्थलको निर्माण अवस्थाका बारेमा विमानस्थल निर्माण परियोजनाका प्रमुख ओम शर्मा र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी गराउनुभएको थियो । निर्माणाधीन विमानस्थल एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अन्तर्राष्ट्रियस्तरको बनाउन लागिएको हो ।
चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले उक्त विमानस्थलको निर्माणको जिम्मा पाएको छ । रु ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँ ९१ पैसाको लागतमा यो विमानस्थल निर्माण हुँदैछ । भौतिक पूर्वाधार निर्माणअन्तर्गत तीन हजार मिटरको धावनमार्ग, धाग्रा खोलाको डाइभर्सन, पार्किङ वे (एप्रोन), टर्मिनल भवन लगायतका निर्माण कार्य भइरहेका छन् । यो विमानस्थल सन् २०१८ मा सञ्चालन हुने गरी निर्माण कार्य अगाडि बढाइएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको यो परियोजनाको निर्माणमा गुणस्तरीयता कायम राख्न र निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिनुभयो । साथै प्रधानमन्त्री ओलीले निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्रीको अभाव नहुने पनि बताउनुभयो ।
विमानस्थलको निरीक्षणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री सोमप्रसाद पाण्डे, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललगायत सहभागी हुनुहुन्थ्यो ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते