
भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री बिष्णुप्रसाद पौडेललगायत । विमानस्थलको निर्माण अवस्थाका बारेमा विमानस्थल निर्माण परियोजनाका प्रमुख ओम शर्मा र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले जानकारी गराउनुभएको थियो । तस्बिर ः भरत केसी, बुटवल, रासस
बुटवल, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे जानकारी लिनुका साथै निर्माण क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीलाई विमानस्थलको निर्माण अवस्थाका बारेमा विमानस्थल निर्माण परियोजनाका प्रमुख ओम शर्मा र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी गराउनुभएको थियो । निर्माणाधीन विमानस्थल एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अन्तर्राष्ट्रियस्तरको बनाउन लागिएको हो ।
चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले उक्त विमानस्थलको निर्माणको जिम्मा पाएको छ । रु ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँ ९१ पैसाको लागतमा यो विमानस्थल निर्माण हुँदैछ । भौतिक पूर्वाधार निर्माणअन्तर्गत तीन हजार मिटरको धावनमार्ग, धाग्रा खोलाको डाइभर्सन, पार्किङ वे (एप्रोन), टर्मिनल भवन लगायतका निर्माण कार्य भइरहेका छन् । यो विमानस्थल सन् २०१८ मा सञ्चालन हुने गरी निर्माण कार्य अगाडि बढाइएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको यो परियोजनाको निर्माणमा गुणस्तरीयता कायम राख्न र निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिनुभयो । साथै प्रधानमन्त्री ओलीले निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्रीको अभाव नहुने पनि बताउनुभयो ।
विमानस्थलको निरीक्षणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री सोमप्रसाद पाण्डे, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललगायत सहभागी हुनुहुन्थ्यो ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता