लन्डन । बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण मिति तय भएको छ । ह्यारीले आगामी २० मार्च आइतबार देखि २३ मार्च बुधवारसम्म नेपाल भ्रमण गर्ने भएका हुन् । केन्जिङ्टन प्यालेसले बिहीबार ट्वीटर र एक विज्ञप्तिमार्फत भ्रमण मिति तय भएको जानकारी दिएको हो । यसअघि आउंदो वसन्त ऋतु (स्प्रीङ) मा पहिलो पटक ह्यारीले नेपाल भ्रमण गर्ने जानकारी मात्र दिइएको थियो ।
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । साथै उनले भूकम्पबाट प्रभावितहरुलाई भेटेर पुनर्निर्माणमा भइरहेका प्रयासहरु समेत बुझ्ने प्यालेसले जनाएको छ ।
अफगानिस्तानमा गोर्खाहरुसंगै काम गरेका राजकुमार ह्यारीले पोखराको ब्रिटिश क्याम्प समेत भ्रमण गर्ने जनाइएको छ । त्यसक्रममा उनले गोर्खा भर्ती प्रक्रियाबारे जानकारी लिने विज्ञप्तिमा उल्लेख छ । भूकम्पपछि गोर्खाहरुबाट स्थानीय समुदायका लागि भएका गतिविधिबारे समेत ह्यारीले जानकारी लिनेछन् ।
उनले सधैं ब्रिटिश गोर्खा सैनिकको खुलेर प्रशंसा गर्दै आएका छन् । अफगानिस्तान युद्धमा गोर्खाहरुसंगै दुई पटक अग्रपंक्तिमा लडेका ह्यारीले आफू गोर्खाहरुसंग रहंदा सबैभन्दा बढि सुरक्षित महशुस हुने बताउंदै आएका छन् ।
ह्यारीले नेपालको प्राकृतिक रसस्वादन समेत गर्नेछन् । उनले राष्ट्रिय निकुन्ज र ट्रेकिंग जाने समेत तय गरेका छन् ।
एक विज्ञप्तिमा दरवारका प्रवक्ताले ह्यारी पहिलोपटक नेपाल भ्रमण गर्न ज्यादै लालयित भएको बताएका छन् । बेलायत र नेपालले कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ मनाइरहंदा ह्यारीले दुई देशबीचको मजवुत सम्वन्ध र नेपालीले दिने आतिथ्यको समेत अनुभव लिने जनाइएको छ ।
यसअघि बेलायती महारानी एलिजावेथ द्वितिय र प्रिन्स फिलिपले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेका थिए । राजकुमारी डायना, प्रिन्स चाल्र्ससहित बेलायती मन्त्रीहरुको नेपाल भ्रमण भइरहेपनि बेलायती प्रधानमन्त्रीको भने नेपाल भ्रमण इतिहासमै हुन सकेको छैन् ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय