
काठमाडौँ, १२ फागुन । सरकारले आज म्याग्दीमा तारा एयरको हवाइजहाज दुर्घटनामा परेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन ‘हवाई दुर्घटना जाँचबुझ आयोग’ गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको मन्त्रालय सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो ।
आयोगका सदस्यमा नेपाली सैनिक विभागका इन्जिनियर दीपक बास्तोला, सिम्रिक एयरका वरिष्ठ इन्जिनियर रामप्रसाद कोइराला, नेपाल वायुसेवा निगमका क्याप्टेन सुवास रिमाल र मन्त्रालयका सहसचिव सुरेशमान आचार्य रहनुभएको छ । पोखराबाट आज बिहान ७ः५० बजे जोमसोमका लागि उडेर सम्पर्कविहीन तारा एयरको विमान दाना, सोलिघोप्टेको केगरबुटा भन्ने स्थानमा दुर्घटना हुँदा चालक दलका तीन सहित २३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाप्रति दुःख व्यक्त
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खोज तथा उद्धार समन्वय केन्द्रले पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
केन्द्रका महाप्रबन्धक देवानन्द उपाध्यायले विज्ञप्ति जारी गरी विमान दुर्घटनामा दिवङ्गत चालक दलका तीन सदस्यसहित २० यात्रुको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ– “वायुयानमा कुल २० यात्रुमध्ये १८ वयस्क, दुई नाबालक थिए, वयस्कमध्ये १६ नेपाली तथा एक एक कुवेती र चिनियाँको मृत्युप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछाँै ।” केन्द्रले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आवश्यक प्राविधिक उपकरणसहित उद्धारका लागि परिचालन भइसकेको जनाएको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ