उच्च माविमा पनि अक्षराङ्क पद्धति लागू हुने

img1

काठमाडौँ, ११ फागुन । उच्च माध्यमिक शिक्षा परिषद्ले उच्च माध्यमिक तहमा अक्षराङ्क पद्धति (लेटर ग्रेडिङ्) लागू गर्ने निर्णय गरेको छ ।

आगामी शैक्षिक वर्षदेखि कक्षा ११ र १२ का विद्यार्थीको परीक्षा अक्षराङ्क पद्धतिबाट हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप तथा मूल्याङ्कन परिषद्को यही मङ्सिर २३ गतेको बैठकले गरेको निर्णयअनुसार प्रवेशिका परीक्षाका साथै उच्च माध्यमिक तह र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले समेत अक्षराङ्क पद्धति लागू गर्ने नीति अनुरुप उक्त पद्धति लागू गर्न लागेको हो ।

परिषद्का उपाध्यक्ष चैतन्य शर्माले उच्चमावि तहमा पनि अक्षराङ्क पद्धति लागू गर्ने नीतिगत निर्णय भएको जानकारी दिनुभयो ।
यसैगरी आगामी शैक्षिक वर्षदेखि नै उच्चमावि तहमा दूर खुल्ला शिक्षा पद्धति लागू गर्न यसको व्यवहारिक, अन्तरवस्तु र कार्यविधि तयार गर्न शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलसमेत गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री