
काठमाडौँ, ६ फागुन । नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले पार्टीमा पछिल्लो समयमा भागबण्डाको प्रवृत्ति मौलाएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई आफ्नो नेतृत्वमा अन्त्य गर्ने बताउनुभएको छ ।
काँग्रेस महाधिवेशनको मिति नजिकिँदै गर्दा कावा सभापति पौडेलले आज आफ्नो सम्पर्क कार्यालय अनामनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले संसदीय दलको नेता र पार्टीको नीति तथा प्रशिक्षण विभागको नेतृत्व गरी पार्टीलाई मजबुत बनाउने काम गरेको जिकिर गर्नुभयो । उहाँले आफू सदैव लोकतन्त्र र मुलुकको आदर्श राजनीतिका पक्षमा अडिग गरेको उल्लेख गर्नु भयो ।
पार्टीमा भागबण्डा र गुटगत राजनीति अन्त्य गर्ने बताउँदै कावा सभापति पौडेलले सबैलाई मिलाएर केही दिनमा नै सभापतिमा उम्मेदवारीको औपचारिक घोषणा गर्ने जानकारी गराउनुभयो । पार्टीमा आफूले धेरै त्याग गरेको दाबी गर्दै कावा सभापति पौडेलले काँगे्रसलाई सशक्त र सक्षम बनाउन आफ्नो नेतृत्वको खाँचो रहेको औँल्याउनुभयो ।
पार्टीको यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुने १३ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन कावा सभापति पौडेलले तयारी थाल्नुभएको छ ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार