काँकडभिट्टा (झापा), ५ फागुन । तेइस वर्षपछि नेपाललाई दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलको स्वर्ण पदक दिलाएर स्वदेश फर्किएको राष्ट्रिय फुटबल टोलीले आज दिउँसो पूर्वी प्रवेशद्वार काँकडभिट्टामा भब्य स्वागत तथा सम्मान पाएको छ ।
भारतको गुवाहाटीबाट सोझै नेपाल प्रवेशद्वार आएका विजेता फुटबल खेलाडी र प्रशिक्षकलाई मेची पुलदेखि नै हजारौँ झापाली खेलप्रेमीले जयजयकार गर्दै काँकडभिट्टा बजारसम्म ल्याएका थिए ।
राष्ट्रिय झण्डासहित स्वागतका लागि उपस्थित खेलप्रेमीहरूले नेपालको इज्जत बढाएको भन्दै पङ्तिबद्व भएर खेलाडीलाई फूलको माला र खादा पहिरयाउँदै अबीर लगाएर नागरिक अभिनन्दन गरे ।
नेपाली फुटबल टोलीले गुवाहाटीमा फागुन ३ गते सम्पन्न फाइनल खेलमा बलियो प्रतिस्पर्धी भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएको थियो ।
फुटवल टोलीमा रहेका चर्चित फुटबल खेलाडी नवयुग श्रेष्ठ र प्रशिक्षक राजुकाजी शाक्यलाई खेलप्रेमीहरूले अपार श्रद्धा दर्शाएका छन् ।
स्वदेश फर्किएको नेपाली फुटबल टोलीको स्वागत तथा अभिनन्दनका लागि झापा जिल्ला खेलकुद विकास समितिले झापावासी खेलप्रेमीलाई आह्वान गरेको थियो ।
गलाभरी माला र खादा पहिरिएका, अबीरले राताम्य नेपाली खेलाडीलाई अगाडि लगाएर रयाली निकाल्दा कुनै ठूलो युद्धजितेर फर्केका योद्धाको सम्मान गरिएको झैँ दृश्य देखिएको थियो ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले नेपाली फुटबल खेलाडीले भूकम्प, नाकाबन्दी र राजनीतिक द्वन्द्वले लामो अवधिदेखि थोपरेको पीडा भुलाउने गरी इतिहास रच्ने खुसी दिलाएको भन्दै खेलाडीको मेहेनत र योगदानको प्रशंसा गर्नुभएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?