
गुवाहाटी (भारत), ४ फागुन । भारतको सिलोंङ र गुवाहटीमा गत माघ २२ गतेदेखि सुरु भएको बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)को आज समापन गरिएको छ ।
सागको समापनमा नेपालको झण्डा भारतीय ओलम्पिक एसोसियसनका अध्यक्ष एन रामाचन्द्रननले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेको र उहाँले खेलकुद मन्त्री सत्यनारायण मण्डललाई झण्डा हस्तान्तरण गरेसँगै दक्षिण एसियाली खेलकुद विविध कार्यक्रमसहित सकिएको हो ।
गुवाहाटीको इन्दिरा गान्धी एथेलेक्टिस स्टेडियममा भव्यरुपमा आयोजित कार्यक्रममा झिलिमिली पारिएको थियो ।
बाह्रौँ सागको समापनसँगै अब १३औँ दक्षिण एसियाली खेलकुद आयोजना गर्ने जिम्मा नेपालले लिएको छ । हरेक दुई दुई वर्षमा गरिने सागको आयोजना अब नेपालले आगामी सन् २०१८ मा गर्नुपर्नेछ ।
सो अवसरमा नेपालको राष्ट्रिय गान बजाइएको थियो भने नेपालसम्बन्धी एउटा वृत्तचित्र प्रस्तुत गर्नुका साथै नेपाली कलाकारले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले आगामी सागको आयोजना गर्ने जिम्मा दिएकामा दक्षिण एसियाली देशहरुलाई धन्यवाद दिनुभयो ।
दक्षिण एसियाली राष्ट्रका झण्डै दुई हजार ६०० खेलाडी रहेको सागमा २३ वटा खेल थिए । त्यसमा ब्याडमिन्टन खेल भएन ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार