
गुवाहाटी (भारत), ४ फागुन । भारतको सिलोंङ र गुवाहटीमा गत माघ २२ गतेदेखि सुरु भएको बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)को आज समापन गरिएको छ ।
सागको समापनमा नेपालको झण्डा भारतीय ओलम्पिक एसोसियसनका अध्यक्ष एन रामाचन्द्रननले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेको र उहाँले खेलकुद मन्त्री सत्यनारायण मण्डललाई झण्डा हस्तान्तरण गरेसँगै दक्षिण एसियाली खेलकुद विविध कार्यक्रमसहित सकिएको हो ।
गुवाहाटीको इन्दिरा गान्धी एथेलेक्टिस स्टेडियममा भव्यरुपमा आयोजित कार्यक्रममा झिलिमिली पारिएको थियो ।
बाह्रौँ सागको समापनसँगै अब १३औँ दक्षिण एसियाली खेलकुद आयोजना गर्ने जिम्मा नेपालले लिएको छ । हरेक दुई दुई वर्षमा गरिने सागको आयोजना अब नेपालले आगामी सन् २०१८ मा गर्नुपर्नेछ ।
सो अवसरमा नेपालको राष्ट्रिय गान बजाइएको थियो भने नेपालसम्बन्धी एउटा वृत्तचित्र प्रस्तुत गर्नुका साथै नेपाली कलाकारले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले आगामी सागको आयोजना गर्ने जिम्मा दिएकामा दक्षिण एसियाली देशहरुलाई धन्यवाद दिनुभयो ।
दक्षिण एसियाली राष्ट्रका झण्डै दुई हजार ६०० खेलाडी रहेको सागमा २३ वटा खेल थिए । त्यसमा ब्याडमिन्टन खेल भएन ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता