काठमाडौँ ४ फागुन । नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारी हरेक कार्यक्रममा जाने गरेको रत्न पुस्तकालय अहिले बजेट अभावका कारण सञ्चालनमा धौधौ परेको छ ।
विसं २०३६ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका कोइरालाले सोही वर्ष उक्त पुस्तकालय पुगी लक्ष्मीप्रसाद देवकोटाको सालिक अनावरण गरेका । साथमा मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत नेता पनि थिए ।
विसं २००९ मा ‘प्रकाश पुस्तकालय’का नामबाट सञ्चालित भई २०१८ मा विकास हुँदै २०१९ मा रत्न पुस्तकालयका नाममा सो पुस्तकालय स्थापना भएको हो । दुई आना क्षेत्रफलमा काठमाडौँको मुटु मध्यबानेश्वरमा स्थापित पुस्तकालय काठमाडौँकै पुरानोमध्येको एक पुस्तकालय हो तर अहिले दाताको सहयोगबाट पुस्तकालय सञ्चालन भइरहेको छ ।
पुस्तकालयको परिसरमा नेपालका मूर्धन्य साहित्यकार देवकोटा, धरणीधर कोइराला, भूपी शेरचन, पारिजात, चित्तधर हृदय र पहलमान स्वाँरका अर्धकदका सालिक स्थापना गरिएको छ ।
पुस्तकालयको ५२औँ जन्मजयन्तीका अवसरमा तत्कालीन राष्ट्रपति डा रामवरण यादवले नाटककार पहलमान सिंह, कवि शेरचन र साहित्यकार पारिजातको अर्धकदको सालिक अनावरण गर्नाका साथै राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, पत्रकार एवम् साहित्यकार मदनमणि दीक्षित र कोशकार वसन्तकुमार शम्र्मालाई मानार्थ सदस्यताको प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
तत्कालीन समयमा युवा साहित्यकारको पहलमा स्थापित सो पुस्तकालय मुलुकका सबै साहित्यकारका लागि पुराना पुस्तक र नयाँ पत्रपत्रिका अध्ययन गर्ने साझा चौतारीका रुपमा रहँदैआएको पुस्तकालयका अध्यक्ष शशीविक्रम राणाले जानकारी दिए । उनले भने, “नेपालको राजनीतिक तथा शैक्षिक क्षेत्रमा जागरण ल्याउन रत्न पुस्तकालयले ठूलो भूमिका खेलेको छ तर अहिले सञ्चालनमा समस्या परेको छ ।”
पुस्तकालयको विकासमा जिविस, नगरपालिका र काठमाडौँ क्षेत्रका सांसदले सहयोग गरिरहेको अध्यक्ष राणाले बताए ।
यसैबीच नेपाल एसबिआई बैँकले आज रु एक लाख बराबरको फर्निचर पुस्तकालयलाई हस्तान्तरण गरेको छ । बैँकका अध्यक्ष हसना शर्माले पुस्तकालयका अध्यक्ष राणालाई फर्निचर हस्तान्तरण गरेका हुन् । पुस्तकालयले महाकवि देवकोटाको जन्मजयन्तीको अवसर पारेर हरेक वर्ष लक्ष्मीपूजाको दिनमा आफ्नो वार्षिकोत्सव मनाउँदै आइरहेको छ । यस्तै पुस्तकालयभित्रै देवकोटाको नाममा अक्षयकोष र रक्तसेवा कोष स्थापनाका साथै अर्बुद रोग सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।
देवकोटा अक्षय कोषमा रु चार लाख रकम रहेको र कुनै साहित्यकार बिरामी भएका खण्डमा सोको ब्याजबाट तत्काल उपचारको व्यवस्था गरिने पुस्तकालयले जनाएको छ भने रक्तसेवा कोषले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
पुस्तकालयले किताबलाई व्यवस्थित बनाउन इ–लाइबे्ररीको व्यवस्था गर्ने भएको छ । यस्तै पुस्तकालयले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ । किरियापुत्रीलाई बस्नका लागि मध्यबानेश्वरमै काजकिरिया भवनसमेत पुस्तकालयले सञ्चालन गरेको छ । पुस्तकालयमा हाल साहित्यलगायत विविध विधाका गरी करिब नौ हजार पुस्तक छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार