दमासकस, २७ माघ । सिरियाको उत्तरी प्रान्त अलेप्पोमा सिरियाली सैनिकले व्यापक रूपमा गरेको आक्रमणका क्रममा लगभग ५ सय व्यक्तिको मृत्यु भएको एक मानव अधिकार समूहले बुधबार जानकारी दिएको छ ।
सिरियाली विद्रोही र आतङ्ककारीलाई लक्ष्यगरी यस महिनाको सुरुबाट सेनाले गरेको यस आक्रमणहरूमा ८९ जना सर्वसाधारणले पनि ज्यान गुमाएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।
टर्कीको सीमा क्षेत्रमा रहेको अलेप्पो प्रान्तमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा व्यापाक सफलता प्राप्त भएको सिरियाली सैनिकले दाबी गरेका छन् ।
सिरियामा सन् २०११ देखि सरकारको विरोध गर्दै सुरु भएको जनआन्दोलनमा हालसम्म २ लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
यस आन्दोलनमा परी लाखौँ व्यक्ति घाइते भएका छन्, भने लाखौँले आफ्नो देश छोडी विदेशमा शरण लिई शरणार्थी बन्न परेको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल