
काठमाडौँ, २७ माघ । दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले भोलि बङ्गलादेशको सामना गर्ने भएको छ ।
भारतको गुहावटीमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ बङ्गलादेशको सामना गर्न लागेको हो । नेपालले यसअघि भएको पहिलो खेलमा भुटानलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ । भुटान र बङ्गलादेशबीचको खेल १, १ गोलको बराबरीमा टुङ्गिएपछि नेपालले सेमिफाइनलको यात्रा एक खेल अगावै तय गरेको हो ।
त्यस्तै नेपालले बङ्गलादेशलाई पराजित गरेमा समूह बी को विजेता बन्दै सेमिफाइनका यात्रा तय गर्नेछ भने हार बेहोरेमा समूहको उपविजेताका रुपमा सेमिफाइनमा प्रवेश गर्नेछ ।
त्यसैगरी सागअन्तर्गत महिला फुटलब प्रतियोगितामा नेपाली महिला टोलीले भोलि आयोजक भारतको सामना गर्नेछ । यसअघि दुई खेल खेलेको नेपालले दुई खेलमा नै जित हासिल गरिसकेको छ ।
नेपाली महिला टोलीले बङ्गलादेशलाई ४–० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गरेको थियो । जारी प्रतियोगितामा नेपालले अपराजित रहँदै ६ अङ्क जोडेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?