
गुवाहटी (भारत), २७ माघ । भारतको सिलोङमा जारी बाह्रांै दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपालले आज उसुमा थप पाँच रजत पदक जितेको छ ।
उसुमा नेपालकी झरना गुरुङ, जुनी राई, विन्दु पुन, हरिप्रसाद गोले र राजेश चौधरीले रजत पदक जितेका हुन् । महिला सान्सुतर्फ स्वर्ण पदकका लागि भएको स्पर्धामा ५२ किलो तौल समूहमा झरना भारतकी युमनाम सनाथोइ देवीसँग २, ० अङ्कले पराजित भइन् । त्यस्तै, सोही स्पर्धाको ६० किलो तौल समूहमा स्वर्ण पदकका लागि भएको स्पर्धामा जुनी भारतकी अरुणनपमा देवीसँग २, ० अङ्कले नै पराजित हुन पुगिन ।
यस्तै उसुको महिला सान्सुतर्फ ७० किलो तौल समूहमा स्वर्ण पदकका लागि भएको स्पर्धामा नेपालकी विन्दु भारतकी पूजा काडियासँग २÷० अङ्कले पराजित भइन् । उसुको थाउलो स्पर्धामा हरिप्रसादले कुल १८.०२ अङ्कसहित रजत पदक जिते । उक्त स्पर्धामा भारतले स्वर्ण पदक हात पारयो । यस्तै उसुको पुरुष सान्सुतर्फ ५६ किलो तौल समूहमा नेपालका राजेश चौधरीले रजत पदक जितेका छन् । उनी स्वर्ण पदकका लागि भएको खेलमा भारतका रवी पञ्चलसँग २, ० अङ्कले पराजित भए ।
योसँगै नेपालको पदक सङ्ख्या २९ पुगेको छ । नेपालले हालसम्म एक स्वर्ण, ११ रजत र १७ काश्य पदक जितेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार