
गुवाहटी (भारत), २७ माघ । भारतको सिलोङमा जारी बाह्रांै दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपालले आज उसुमा थप पाँच रजत पदक जितेको छ ।
उसुमा नेपालकी झरना गुरुङ, जुनी राई, विन्दु पुन, हरिप्रसाद गोले र राजेश चौधरीले रजत पदक जितेका हुन् । महिला सान्सुतर्फ स्वर्ण पदकका लागि भएको स्पर्धामा ५२ किलो तौल समूहमा झरना भारतकी युमनाम सनाथोइ देवीसँग २, ० अङ्कले पराजित भइन् । त्यस्तै, सोही स्पर्धाको ६० किलो तौल समूहमा स्वर्ण पदकका लागि भएको स्पर्धामा जुनी भारतकी अरुणनपमा देवीसँग २, ० अङ्कले नै पराजित हुन पुगिन ।
यस्तै उसुको महिला सान्सुतर्फ ७० किलो तौल समूहमा स्वर्ण पदकका लागि भएको स्पर्धामा नेपालकी विन्दु भारतकी पूजा काडियासँग २÷० अङ्कले पराजित भइन् । उसुको थाउलो स्पर्धामा हरिप्रसादले कुल १८.०२ अङ्कसहित रजत पदक जिते । उक्त स्पर्धामा भारतले स्वर्ण पदक हात पारयो । यस्तै उसुको पुरुष सान्सुतर्फ ५६ किलो तौल समूहमा नेपालका राजेश चौधरीले रजत पदक जितेका छन् । उनी स्वर्ण पदकका लागि भएको खेलमा भारतका रवी पञ्चलसँग २, ० अङ्कले पराजित भए ।
योसँगै नेपालको पदक सङ्ख्या २९ पुगेको छ । नेपालले हालसम्म एक स्वर्ण, ११ रजत र १७ काश्य पदक जितेको छ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त