
गुवाहाटी (भारत), २५ माघ । भारतको सिलोंगमा जारी बाह्रौँ दक्षिण एसियाली खेलकुदअन्तर्गत आज नेपालले पहिलो स्वर्ण पदक जितेको छ ।
प्रतियोगिता सुरु भएको चौथो दिनमा नेपालले स्वर्ण पदक जितेको हो । नेपालका लागि उसु तर्फको नान्ताओउतर्फ निमा घर्तिमगरले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् ।
आइतबार भएको पहिलो चरणमा उनले ८.४५ र आज भएको दोस्रो चरणमा ८.४६ गरी कुल १६.९१ अङ्कसहित स्वर्ण जितेकी हुन् । रुकुम घर भएकी निमा ललितपुरको ग्वार्कोमा बस्छिन् । उनी डनबस्को बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छिन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । स्वर्ण जितेकी उनले देशका लागि पहिलो स्वर्ण पदक दिलाउन सकेकामा आफूलाई एकदमै गर्व लागेको बताइन् ।
यस्तै, उसुको नानकुनतर्फ पनि आज नेपालले एक रजत पदक प्राप्त गरेको छ । आज भएको प्रतिस्पर्धामा नेपालका युवराज थापाले रजत पदक जितेका हुन् । उनले पहिलो चरणमा ८.८८ र आज भएको दोस्रो चरणमा ९.२१ गरी कुल १८.१३ अङ्कसहित रजत पदक दिलाएका हुन् । आजको प्रतिस्पर्धामा सबैभन्दा धेरै अङ्क प्राप्त गरे पनि हिजोको प्रतिस्पर्धामा केही अङ्क कम भएकाले रजतमा चित्त बुझाउनु परेको हो । उनको भन्दा ०.७ अङ्कले अघि रहेको भारतले स्वर्ण पदक जित्यो । यी पदकसँगै नेपालको पदक सङ्ख्या ११ पुगेको छ । तिनमा १ स्वर्ण, ४ रजत र ६ कास्य छन् ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह