बुधबार, असोज १४ २०७७ | Wed, September 30, 2020
नेपालको समय: ०५:४८ | UK Time: 01:03

गैरआवासीय नेपालीद्वारा रु एक करोड ६० लाख बराबरको औषधि प्रदान

वीनेपाली
२०७२ माघ २४ गते १८:०२

 NRN_logoकाठमाडौँ, २४ माघ । चीन र अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीले आफ्नो मातृभूमिका अस्पतालमा उत्पन्न जीवन रक्षक औषधिको अभाव घटाउन औषधि एवम् औषधिजन्य सामग्री प्रदान गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घमार्फत उनीहरुले पठाएका रु एक करोड ६० लाख बराबरको औषधि सरकारलाई हस्तान्तरण गरिएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापालाई सङ्घका अध्यक्ष शेष घलेले परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा जीवन रक्षक हस्तान्तरण गर्नुभयो । यसअघि पनि सङ्घले रु एक करोड बढीको औषधि सरकारलाई प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक