
साउदी अरब, २३ माघ । साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारको राहतका लागि यहाँ क्रियाशील नेपाली सङ्घ संंस्थाले खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
काम गरेको तलब नदिएपछि साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदारहरु भोकभोकै बस्नु परेको समाचार राष्टिय समाचार समिति (रासस)ले प्रकाशन गरेपछि साउदीमा क्रियाशील नेपाली सङ्घ संस्थाले तत्कालको राहतका लागि खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
साउदीमा क्रियाशील नेपाली संस्था लालीगुराँस युवा परिवारले शुक्रबार दमाममा रहेको उक्त कम्पनीको क्याम्पमै पुगेर खाद्यान्न सामग्री प्रदान गरेको हो । संस्थाले ८० किलो चामल, १७ किलो दाल, १० किलो आलु, १० किलो प्याज, ६ लिटर तेललगायत खाद्यान्न सामग्री सहयोग गरेको हो । विदेशी भूमिमा बिचल्लीमा परेका नेपाली भोकभोकै बस्न नपरोस् भन्ने उद्धे्रश्यले थोरै मात्रामा भए पनि खाद्यान्न सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष टीकाराम रसाईलीले बताउनुभयो ।
यस्तै साउदीमै क्रियाशील अर्को नेपाली संस्था तमु धि नेपालले पनि पीडित नेपालीका लागि खाद्यान्न सामग्री प्रदान गरेको छ । संस्थाले पीडित नेपालीका लागि क्याम्पमै पुगेर ४० किलो चामल, १० किलो मासु, ५ किलो दाल, १० किलो प्याज, नुन, तेल, तरकारी, पेय पदार्थलगायत खाद्यान्न सामग्री प्रदान गरेको संस्थाका उपाध्यक्ष तथा लोकगायक तिलक गुरुङले जानकारी दिनुभयो ।
तलब नपाएर सयौँ नेपालीहरु भोकभोकै बस्नुपरेको अवस्थामा यसरी खाद्यान्न सामग्री सहयोग पाउँदा आफूहरुलाई ठूलो राहत मिलेको स्याङजाका जीवन पौडेलले बताउनुभयो ।
चार महिनादेखिको काम गरेको तलब नपाउँदा उक्त कम्पनीमा कार्यरत ३०० नेपाली बिचल्लीमा परेका हुन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग