
काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समस्याको समाधान गर्न सबै राजनीतिक दल मिलेर जानुपर्ने भएकाले वार्तामा आउन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज सद्भावनाका अध्यक्ष महतोलाई टेलिफोन गरेर आन्तरिक समस्या आन्तरिक रुपमा नै समाधान गर्न आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीसँग टेलिफोन संवाद भएको जानकारी दिँदै अध्यक्ष महतोले सीमाङ्कनलगायतका विषयमा रहेको विवाद र असहमति समाधान गर्न अनुरोध गरेको बताए ।
लामो समयदेखि बन्द रहँदै आएको वीरगन्ज नाका आजबाटै खुलेको सन्दर्भमा प्रधानमन्त्री ओलीले अध्यक्ष महतोलाई बधाई दिँदै सबै समस्याको समाधान वार्ता र सम्वादमार्फत नै हुने भएकाले सार्थक वार्तामा बस्न आग्रह गर्नुभएको थियो ।
यस्तै आजै एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पनि अध्यक्ष महतोलाई टेलिफोन गरी वार्तामार्फत समस्याको समाधान गर्न आग्रह गर्नुभएको थियो ।
अध्यक्ष दाहालले लामो समयसम्म मुलुकलाई आन्दोलनका नाममा बन्धक बनाउन नहुने भन्दै सार्थक सम्वादका लागि अध्यक्ष महतोसँग अनुरोध गर्नुभएको थियो ।
आफूले प्रधानमन्त्री ओली र अध्यक्ष दाहालसँग तराई मधेसको समस्या समाधानका लागि इमान्दार प्रयास गर्न अनुरोध गरेको अध्यक्ष महतोले बताउनु भयो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग