
काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समस्याको समाधान गर्न सबै राजनीतिक दल मिलेर जानुपर्ने भएकाले वार्तामा आउन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज सद्भावनाका अध्यक्ष महतोलाई टेलिफोन गरेर आन्तरिक समस्या आन्तरिक रुपमा नै समाधान गर्न आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीसँग टेलिफोन संवाद भएको जानकारी दिँदै अध्यक्ष महतोले सीमाङ्कनलगायतका विषयमा रहेको विवाद र असहमति समाधान गर्न अनुरोध गरेको बताए ।
लामो समयदेखि बन्द रहँदै आएको वीरगन्ज नाका आजबाटै खुलेको सन्दर्भमा प्रधानमन्त्री ओलीले अध्यक्ष महतोलाई बधाई दिँदै सबै समस्याको समाधान वार्ता र सम्वादमार्फत नै हुने भएकाले सार्थक वार्तामा बस्न आग्रह गर्नुभएको थियो ।
यस्तै आजै एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पनि अध्यक्ष महतोलाई टेलिफोन गरी वार्तामार्फत समस्याको समाधान गर्न आग्रह गर्नुभएको थियो ।
अध्यक्ष दाहालले लामो समयसम्म मुलुकलाई आन्दोलनका नाममा बन्धक बनाउन नहुने भन्दै सार्थक सम्वादका लागि अध्यक्ष महतोसँग अनुरोध गर्नुभएको थियो ।
आफूले प्रधानमन्त्री ओली र अध्यक्ष दाहालसँग तराई मधेसको समस्या समाधानका लागि इमान्दार प्रयास गर्न अनुरोध गरेको अध्यक्ष महतोले बताउनु भयो ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा