नयाँ दिल्ली, २१ माघ । भारतीय नौसेनाका अनुसार अव छिटै भारतीय महिलाले पनि नौसेनाको पानी जहाजको चालकका रुपमा सेवागर्ने अवसर पाउने भएका छन् ।
भारतीय महिलाले अव युद्धपोतको चालकमा कार्यरत हुन पाउने भारतीय नौसेना प्रमुख आदमिरा आर के दोवानले दक्षिणी भारतीय बन्दरगाह सहर विसाखापतनम्मा बुधबार बताउनुभएको छ ।
भारतीय रक्षा मन्त्रालयमा गतबर्ष नै यस सम्बन्धि प्रस्ताव आइसकेको र यसमा महिलालाई कसरी सुरक्षित र अनकुलरुपमा कामगर्ने वातावरण मिल्छ भन्ने बारेमा प्रक्रिया अगाडि बढेको बताइएको छ ।
भारतीय रक्षामन्त्रालयका अनुसार उक्त जहाजमा पहिलो महिला चालकसन् २०१७ को जुन महिना सम्ममा हुने छन् ।