
बेइजिङ, २० माघ । उत्तर कोरियाले गर्ने भनेको रकेट परीक्षणको योजनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको समाचार छ ।
चीनले बुधबार सो चासो व्यक्त गरेको समाचारमा जनाइएको छ । उत्तर कोरियाले यस्तो रकेट अन्तरिक्षमा नै पठाउने योजना बनाएको बताइएको थियो ।
चीनको विदेशमन्त्रालयका प्रवक्ता लु काङ्कले नियमित पत्रकार भेटघाटका क्रममा बेइजिङ्मा भन्नुभयो–हामी उत्तर कोरियाको यो योजनाप्रति गम्भीर छौँ ।
उहाँले सो पत्रकार सम्मेलनका क्रममा भन्नुभयो– उत्तर कोरियाले कसैलाई असर नपर्नेगरी यस्ता परीक्षण गर्न पाउने अधिकार भएपनि अन्तरिक्षमा कुनै प्रकारको असुरक्षा उत्पन्न गर्न पाइदैन ।
उत्तर कोरियाले अन्तरिक्षको शान्तिपूर्ण प्रयोग गर्न पाउने अधिकार भएपनि यसको दुरुपयोग गर्न नपाउने र यसरी गरिएको दुरुपयोग संयुक्त राष्ट्रसंघीय शान्तिसम्बन्धी प्रस्तावको विरुद्ध भएको पनि उहाँले बताउनुभयो ।
गत महिनामात्र हाइड्रोजन बमको परीक्षण गरेको उत्तर कोरियाले हालैमात्र अन्तरिक्षमा नै रकेट परिक्षण गर्ने धम्की दिँदै आएको छ ।
उत्तरको यो धम्कीको विश्वकै नेताहरुले विरोध गरिरहेका बेला चीनले पनि यसको विरोध गरेको समाचारमा जनाइएको छ ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने